म बेलाबेलामा विस्मित हुन्छु, मरौं कि जस्तो पनि लाग्छ : प्रधानमन्त्री

३ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षे अवधीमा भएका उपलब्धिबारे शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गरेका छन्। संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्रीले केही तर्कहरुले आफू बिस्मात हुने बताएका छन्।

Advertisement

उनले भने–‘पहिले सरकारको चर्चा गर्दा गफ गरेर हुन्छ काम गर्नु र्पयो नि गर्छु भनेर हुन्छ भनेको सुन्थे। अहिले परिवेश अलि बदिलिएछ। यो एक वर्षदेखि एउटा थेगो जस्तै बनेको छ। अंक र आँकडाबाट हुन्छ? ग्लोबल इन्डेक्समा होइन जनतामा इम्प्रिेसन के छ? बुझ् भन्ने जस्ता कुराहरु सुनिन्छि। यस्ता तर्क सुन्दा म बेलाबेलामा विस्मित हुन्छु। मरौं कि जस्तो पनि लाग्छ। तर ठिकै छ अंकमा होइन अनुभुति नै सही इन्डेक्स होइन इम्प्रेसनकै कुरा गरौं न त। के छ इम्प्रेसन, परिणाम के छ?ु प्रधानमन्त्री ओलीले भने ुयो सरकार गठन हुनुअघि तराई र हिमाली जिल्लाहरुमा शीतलहरका कारण जनताले ज्यान गुमाइरहेका थिए। तर दुई वर्ष यता कसैले ज्यान गुमाउनु परेको छैन्। नेपाल गरिब छ तर भोकमरीको अन्त्य भयो। अब कोही भोकै मर्नु पर्दैन्।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top