५ फागुन,विराटनगर । मोरङको लेटाङ नगरपालिका स्थित लेटाङे खोलामा अवैधरुपमा उत्खनन् गर्दै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान को २ त ९५२४ नं. को टयाक्टरले अबैध रुपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रित ट्याक्टर आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।