दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(महरालाई सफाइ)
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले पाए जिल्ला अदालत काठमाडौंबाट सफाइ /महरा आजै डिल्लीबजार कारागारबाट रिहा ।

२.(तुम्बाहाङ्फेको भाग्य)
पूर्वउपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त / तुम्बाहाङ्फेद्वारा राष्ट्रपति भवन शीतल निवासमा सपथसंगै पदभार ग्रहण ।

३.(यो हो नि तरीका)
पप्पु कन्स्ट्रक्सनसहित अन्य छवटा निर्माण कम्पनी, आपूर्तिकर्ता र त्यसका मुख्य व्यक्ति सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा /पुप्पुलाई ३ वर्ष र अन्य ५ कम्पनी र तिनका मुख्य व्यक्तिलाई एक वर्षका लागि प्रतिबन्ध ।

४.(हेरेर मात्रै भएन )
उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलसहित प्रतिनिधिसभा र प्रदेशका सांसदहरूको संयुक्त टोलीद्वारा कालापानी क्षेत्रको हवाई अवलोकन / हेलिकप्टरबाटै सीमा क्षेत्रको अवलोकन गरी काठमाडौं फिर्ता ।

५.(मनन्योग्य तर्क)
संविधानमा नेपालको नक्सा जारी गर्न नसक्दा भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा जारी गरेको विज्ञहरुको भनाई /नयाँ संविधानमा ७७ जिल्ला र ७ प्रदेशमा परिवर्तन भएको नक्सा प्रकाशित गर्न नसक्नुले भारतलाई बल पुगेको उल्लेख ।

६.(प्रधानमन्त्रीको मन दुख्यो)
सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको प्रधानमन्त्री केपी शर्मा ओलीको गुनासो /आफुले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो ।

७.(सौन्र्दयकरणका लागि)
काठमाण्डौं उपत्यकाका विद्युत्का तारहरुलाई भूमिगत बनाउने काम सुरु /पहिलो चरणमा काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतका विद्युतीय तारहरुलाई भूमिगत बनाइने

८.(जनतालाई केही राहत)
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य सोमबार राती १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २,२ रुपैयाँ घटायो /एलपी ग्याँसको मुल्य भने यथावत ।

९.(कामको परिणाम)
नेत्र विक्रम चन्द विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा नरेन्द्रबहादुर विक पक्राउ / काठमाडौंको बानेश्वरबाट पक्राउ परेका नरेन्द्रमाथि थप अनुसन्धान जारी ।

१०. (गुणस्तरमा सम्झौता हुँदैन)
काठमाडौं तराई द्रुतमार्ग निर्माण कार्यक्रममा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि पाँच ठाउँमा ल्याव स्थापना /विभिन्न ठाउँमा देखिएका विवादका कारण आयोजनामा ढिलाई हुन सक्नेतर्फ सांसदहरुद्वारा सचेत ।

११.(सभामुखको भूमिका)
सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसँेबीच भेटवार्ता / दुबै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आपसी समझदारीमा अगाडी बढ्नुपर्ने विषयमा छलफल ।

१२.(सेनालाई निर्देशन)
तराई मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई संसदीय निर्देशन/मुआब्जा वितरण लगायत आयोजनामा देखिएको अन्य समास्याहरु चाँडो समाधान गर्न पनि निर्देशन ।

१३.(हर्षित अर्थमन्त्री)
पछिल्लो समय ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको अर्थमन्त्री डा.युवराज खतिवडाको भनाई /दुई वर्षमा औषतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको उल्लेख ।

१४.(नेपालको बरियता)
आईसीसी विश्व टी–२० वरीयतामा नेपाल १२औँ स्थानमा यथावत्/ आईसीसीको नयाँ वरीयतामा व्यक्तिगततर्फ केही सुधार गर्दै करण केसी ७४औँ, सन्दीप लामिछाने ८४औँ स्थानमा/ पारस खड्का भने २७औँ स्थानमै ।

१५.(चीनको चमत्कार)
भाइरस प्रकोपका कारण मास्क अभाव भएपछि चीनले बेइजिङमा ६ दिनभित्र मास्क फ्याक्ट्री बनाउने /फ्याक्ट्रीले प्रतिदिन २ लाख ५० हजार मास्क उत्पादन गर्ने /कोभिड १९ बाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो ७० हजार संक्रमित ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top