डिभिजन सडक विराटनगरका तत्कालीन प्रमुख भ्रष्टाचारमा तानिए

डिभिजन सडक विराटनगरका तत्कालीन प्रमुख भ्रष्टाचारमा तानिए

५ फागुन, विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीविरुद्ध करीब ४ करोड बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियारले चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा समेत रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेकाले रु तीन करोड ९९ लाख ४४ हजार ३४२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

आयोगले आरोपी चौधरीलाई बिगोबमोजिमको असुली गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.