चीनबाट फर्किएकाहरू सबै सकुशल

काठमाडौं : ‘म डा. रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न आएका हौं। तपार्इंहरू डराउनु पर्दैन। कृपया सहयोग गर्नुहोला।’ भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको कन्ट्रोल रुमबाट डा. शाहले अनुरोध गरे। खाना खाने तयारी भइरहेका बेला सुनिएको आवाजले क्वारेन्टाइनमा बसेका सतर्क भए। शाहलगायत सबै स्वास्थ्यकर्मीले ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ पहिरिएका थिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा. शाह नेतृत्वको खटिएको टोलीले सबैको घाँटी र नाकको स्वाव संकलन गर्‍यो। एक सय ७५ जनाको थ्रोट स्वाव संकलन गर्न चार घण्टा लागेको डा. शाहले बताए। ‘खाना खाएर थ्रोट स्वाव संकलन गर्दा वाकवाकी लाग्ने सक्ने जानकारी गरायौं। सबैले थ्रोट स्वाव संकलनपछि मात्र खाना खानुभयो,’ डा. शाहले अन्नपूर्णसँग भने।

स्वाव संकलनपछि स्वास्थ्यकर्मीले इथानोलयुक्त ‘स्प्रे’ शरीरमा छर्के। पोसाक फेरेर भक्तपुर गएका स्वास्थ्यकर्मी साँझ काठमाडौं फर्किंदा खुसी देखिन्थे। डा. शाहले भने, ‘देश र पेसाप्रतिको कर्तव्य पूरा गर्नु जोखिम नै थियो। सबै काम सकेर फर्कंदा खुसी लाग्यो।’

Advertisement

र्‍याल संकलनमा कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाद शाह, स्मृति श्रेष्ठ, विमलेश अधिकारी, सुनी डंगोल, स्विटी उपाध्याय, विनिता महर्जन, अबिना ओझा र अर्जुन चौधरी खटिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार स्वास्थ्य अवस्थाको पछिल्लो जानकारीका लागि घाँटीको र्‍र्‍याल (थ्रोट स्वाव) नमुना संकलन गरिएको हो। संकलित थ्रोट स्वाव परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। दाहालले भने, ‘सबैजना सकुशल हुनुहुन्छ। अहिलेसम्म कोभिड–१९ भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन।’,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top