सुर्खेतमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएपछि आफन्तद्वारा सडक अवरुद्ध

६ फागुन ७६, बुधबार

७ फागुन, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । बा ३ ख ६३५२ नम्बरको गाडीले ठक्कर दिँदा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएको हो ।

मंगलबार राति पौने ९ बजेतिर गाडीले उनलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ। प्रहरीका अनुसार गाडीको ठक्करबाट घाइते भएका बोहराको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

मृतक बोहरा आफू सवार भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकेर बाटोमा हिँडिरहेको अवस्थामा गाडीले ठक्कर दिएको थियो। यस्तै मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै सवारी साधन चल्न दिएका छैनन्। आफन्तले बाटो बन्द गराएपछि वीरेन्द्रनगर हुँदै नेपालगञ्ज, जाजरकोट तथा सुर्खेतका अन्य पूर्वी क्षेत्रमा चल्ने सवारी साधन ठप्प भएका छन्।

Advertisement

आफन्तले बाटोमा टायर बालेर सवारी आवतजावत ठप्प पारेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ। प्रहरीका अनुसार ठक्कर दिने गाडीका चालक र साहु भने फरार छन्। उक्त गाडी प्रहरीको नियन्त्रणमा छ। चालक र साहुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top