वुहानबाट ल्याइएका कसैलाई पनि कोरोनाको संक्रमण देखिएन

७ फागुन, काठमाडौँ ।
चीनको हुबेइ प्रान्तबाट उद्धार गरी नेपाल ल्याइएका १७५ जनामै कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेगेटिभ रहेको पाइएको छ ।
नेपाल ल्याएर खरिपाटीस्थित क्वारेन्टाईनमा राखिएका सबैमा संक्रमण नेगेटिभ रहेको पाइएका स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

उनीहरु सबैजनाबाट लिइएको नमुनाको परिक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो। प्रवक्ता श्रेष्ठका अनुसार चीनबाट उद्धार गरेर ल्याइएपछि गत आइतबारदेखि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन क्षेत्रमा बसिरहेका १७५ जनाबाट लिइएर्को यालको नमुनाको परिक्षण गर्दा सबैमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो।

प्रयोगशालाले हिजो साँझ सबैको रिपोर्ट दिएको बताउँदै प्रवक्ता श्रेष्ठले हाललाई कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको बताए । अब फेरी १४ दिन पछि सबैबाट पुनस् नमुना संकलन गरेर परिक्षण गरिने छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top