रामधुनीमा नुहाउने क्रममा युवकको मृत्यु

रामधुनीमा नुहाउने क्रममा युवकको मृत्यु

८ फागुन, सुनसरी ।
सुनसरीको रामधुनी नगरपालिका–७ का २६ बर्षीय मिलन राईको पैनीमा डुबेर मृत्यु भएको छ ।

बुधवार अपरान्ह रामधुनी नगरपालिका–७ चौबिसबिघा भन्ने स्थानमा रहेको पैनीको पानीमा नुहाउने क्रममा अचानक पैनीमा खसेर डुब्दा राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

घटनापछि पुगेको प्रहरीले राईलाई पैनीमा मृत फेला पारेको थियो । घटनाका विषयमा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.