इनरुवाका व्यापारीको झुण्डिएको अवस्थामा शव फेला

७ फागुन ७६, बिहीबार

८ फागुन, सुनसरी ।
सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी पारस यादवको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

बिहिबार बिहान ५ बजे ६० वर्षीय यादवको झुण्डिएको अवस्थामा शव फेला परेको हो । इनरुवा बजारमा हाल टिभिएस मोटरसाइकलको शोरुमका संचालक समेत रहेका यादवले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

शोरुममा राखिएको सिसि टिभि फुटेजमा उनले अत्महत्या नै गरेको देखिएको सुनसरी प्रहरीका प्रमुख यज्ञविनोद पोखरेलले बताए । शोरुमकै अगाडी सटर लगाएर एउटा फलामको पाइपमा पासो लगाई आत्महत्या गरेको देखिएको साथै एउटा ब्याग समेत पीठ्युमा बोकेर झुन्डिएको अवस्थामा यादवको शव फेला परेको हो ।

उक्त झोलामा के छ वा अन्य कारण के हुन सक्नेबारे प्रहरीले थप केहि खुलाएको छैन । व्यापारिक कारोबारमा मोटो रकम ऋणमा डुबेकाले तनावकै कारण उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top