अरुले परीक्षा दिएर पास भई कोरिया गएका नेपाली धमाधम पक्राउ

८ फागुन ७६, शुक्रबार

८ फागुन, काठमाडौँ ।
अरूले परीक्षा दिएर पास गरी कोरिया आएका र नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई दक्षिण कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको छ ।

Advertisement

नेपाली दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले केही नेपालीलाई पक्राउ गरी फिर्ता पठाएको जानकारी कोरियाली अध्यगमन विभागले दिएको बताए । अहिले ५० भन्दा बढी नेपाली प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।

‘कति नेपाली नियन्त्रणमा परेका छन् भन्ने यकिन संख्या थाहा नभए पनि ५० जनाभन्दा बढी नेपाली अहिले नियन्त्रणमा छन्,’ प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले भने,‘हामीलाई कोरियाली भाषामा अरूका नाममा परीक्षा दिने र अरूले नै परीक्षा दिएर पास भएर आउने चार जनालाई फिर्ता गरेको भन्ने जानकारी आएको छ ।’

Advertisement

कोरियाली भाषा परीक्षाको प्रवेशपत्रको फोटो र कोरिया प्रवेश गरेर एलियन कार्ड (परिचयपत्र) बनाउने बेला अध्यागमनले खिचेको फोटोका आधारमा धेरै नेपालीलाई पक्राउ गरेको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।

अनुहार मिल्ने साथीलाई भाषा परीक्षा लेख्न लगाई कोरिया आएको भन्ने सूचनाका आधारमा एक जनालाई पक्राउ गरिएपछि अध्यागमनले कोरियाभरि यस्ता नेपालीको खोजी बढाएको थियो । पक्राउ परेर फिर्ता हुनेमा कोरिया आएको तीन महिना भएदेखि साढे तीन वर्ष बसेकासम्म छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top