कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त भएः पुष्पकमल

८ फागुन ७६, शुक्रबार

९ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन् ।

नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताए । उनले भने ‘सत्तामा नहुँदा आन्दोलनमा हुँदा क्रान्तिम हुँदा निकै ठूलो त्याग गर्न सक्ने तपस्या गर्न सक्ने जनतासँग घुलमिल हुन सक्ने जनता जहाँ बस्छन त्यहिं, जे खान्छन त्यहि, जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न चाहिं सक्ने र नभएको सत्ता चाहिं प्राप्त गर्न सकने कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहिं न कहिं त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहाँसमा पनि छन र नेपालको इतिहाँसमा पनि त्यसका संकेतहरु लक्षणहरु देखिने गरेका छन् ।’

उनले हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको बताए । उनले भने ‘त्यहाँ गइसकेपछि पद प्रतिष्ठा लोभ लालचमा अनि विभिन्न खालका विसंगति विकृति भ्रष्टाचार जन्य कृयाकलापहरु देखिन जाने हिजो मृत्युलाई सामाना गरेर जस्तोसुकै तपस्या गर्न पनि तयार हुने त्याग गर्न पनि तयार हुने प्रतिकृयावादिका जेलनेल यातना र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्नेमान्छेहरु साशन हातमा आइसकेपछि विस्तारै तिनिहरुनै अर्कै अर्कै जनताबाट अलिकति कटेको जस्तो भावनालाई सम्मान गर्न नसकेको जस्तो देखिने जुन बिडम्बना हामीले बिसौं सताब्दीमा देखियो सबैभन्दा बढी ।’

उनले कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताए । उनले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिष्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिदै गएको लोभ लालच र भ्रष्टाचारजन्य कृयाकलापले राम्रो संकेत नदेखिएको बताए ।

उनले भने ‘यसो हे¥यो भने हाम्रो पनि त्यही नियती । त्यतै जाने खतराका संकेतहरु त्यति राम्रा देखिएनन् आजभोली यसो घटना हे¥यौं मान्छेहरु बिग्रने विग्रनेतिर गएको जस्तो देखिदै छ ।’

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top