पशुपति क्षेत्रबाट गाँजा खानेसहित ४५ जना पक्राउ

८ फागुन ७६, शुक्रबार

९ फागुन, काठमाडौँ ।
प्रहरीले पशुपति क्षेत्रबाट ४५ जनालाई पक्राउ गरेको छ।

Advertisement

गाँजा खाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्नेलाई नियन्त्रणमा लिइएको  काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

शिवरात्रिको अवसरमा आज पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ। शिवरात्रिमा पशुपति क्षेत्रमा दर्शन गर्नबाहेक गाँजा खान जानेको पनि बाक्लो उपस्थिति रहने गरेको छ। भारतबाट आउने बाबाहरु खुलेयाम गाँजा विक्री गरिरहेको भेटिन्छन्।

Advertisement

बाबाहरुलाई भने गाँजा सेवन गर्न कुनै प्रतिबन्ध गरिएको छैन तर अन्यको हकमा सेवन तथा विक्री वितरणमा रोक लगाइएको छ। प्रवक्ता बोगटीले पक्राउ गरिएका मध्ये २० जनाभन्दा बढीलाई गाँजा सेवनको आरोपमा नियन्त्रणमा लिइएको जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top