सर्वोच्चको आदेशपछि विप्लवका दुई नेता रिहा

८ फागुन ७६, शुक्रबार

९ फागुन, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता रिहा भएका छन् ।

Advertisement

विप्लव समूहका राप्ती ब्यूरो कार्यालय सचिव बालकृष्ण पोखरेल (सविन) र राप्ती ब्युरो सदस्य तथा दाङ जिल्ला सेक्रेटरी प्रदीप वली रिहा बिहीबार अपरान्ह रिहा भएका हुन् । उनीहरू दाङ र भारतको सीमाना नाका क्षेत्र राजपुर गाउँपालिकाको मुङग्रेठाबाट असोज ३० गते पक्राउ परेका थिए। राप्ती ब्युरो बैठकबाट पक्राउ पर्नेमा विप्लवका दाजु उक्त समूहका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’ लगायत २१ जनालाई प्रहरीले रातको समयमा घरमा घेरा हालेर पक्राउ गरेको थियो ।

पक्राउपछि उनीहरूलाई प्रहरीले दुई महिना १२ दिनसम्म घोराही र तुलसीपुरको हिरासतमा राखेको थियो। दाङ देउखुरी जिल्ला अदालतले पक्राउ परेका २१ जना नेताहरूलाई धरौटीमा रिहा गर्न आदेश जारी गरे पनि प्रहरीले उनीहरूलाई पटकरपटक अदालत परिसरबाटै पक्राउ गरेर हिरासतमा राख्दै आएको थियो । दाङको तुलसीपुर कारागारबाट जिल्ला अदालतको आदेश अनुसार धरौटीमा रिहा भएलगत्तै फेरि पोखरेल र वलीलाई पक्राउ गरी नवलपरासी लगिएको थियो ।

Advertisement

जिल्ला अदालत नवलपरासीले पनि उनीहरूलाई रिहा गर्न आदेश दियो। तर प्रहरीले पोखरेल र वलीलाई त्यहाँबाट पनि पक्राउ गर्दै बुटवल कारागारमा राखेको थियो।

त्यहाँको अदालतले पनि दुबैलाई रिहाइ गर्न भन्यो । रिहा लगत्तै प्रहरीले चौथो पटक पनि पोखरेल र वलीलाई गिरफ्तार गर्यो र पाल्पा हिरासतमा पुर्याएको थियो। प्रहरीले त्यसबीचमा उनीहरूलाई पाल्पा क्षेत्रबाट पक्राउ गरिएको भन्ने झूटो विवरण सार्वजनिक गर्यो।

Advertisement

त्यहाँको अदालतले पनि रिहाइ गर्न आदेश दियो । प्रहरीले पाँचौं पटक उनीहरूलाई गिरफ्तार गर्यो र कपिलवस्तुको तौलिहवा हिरासतमा राख्यो । पक्राउ परेका दुबै नेताका परिवारले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले उनीहरूलाई रिहाइ गर्न आदेश दिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top