×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

दिनभरका प्रमुख खबर

९ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(जय शम्भो)
आज कृष्ण चतुर्दशी, अर्थात महाशिवरात्रि /देशका शिवालयहरुमा पूजाआराधना गरी महाशिवरात्रि पर्व देशभरी मनाइदै /आजशिवको पूजा अर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु, दुध, धतुरो र बेलपत्र चढाउने प्रचलन ।

Advertisement
Advertisement

२.(पूरानै परम्परा)
नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार महाशिवरात्रिको अवसरमा मन्दिर पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पूजाआजा /राष्ट्रपति उपस्थित हुने भएपछि पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा ।

३.(प्रहरीको काम)
शिवरात्रिको अवसरमा पशुपति क्षेत्रबाट गाँजाखाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्ने ४५ जना पक्राउ/ पक्राउ गरिएकामध्ये २० जनाभन्दा बढीलाई गाँजा सेवनको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई ।

४.(प्रतिवेदनमा के छ ?)
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेकपाको कार्यदलद्वारा प्रतिवेदन तयार /सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवशयक तथ्यहरुको विस्तृत अध्ययन भएको भीम रावलको भनाई ।

५.(कमिसनखोरीको विरोध)
सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई छानबिन गर्न माग गर्दै नेपाल विद्यार्थी संघको प्रदर्शन /प्रकरणको अडिओ दुई महिना अघि नै प्रधानमन्त्रीले पाएको भन्दै प्रधानमन्त्रीले यसबारे बोल्नुपर्ने माग ।

६.(बोलायो अदालतले)
बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी /अख्तियारले गत माघ २२ गते दर्ता गरेको आरोपपत्रमा प्रतिवादी बनाएका १७५ जनाविरुद्ध १५ दिने म्याद जारी गर्न शुरु ।

७.(आत्मालोचना हो कि ?)
सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई /कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने राम्रो संकेत नदेखिएको टिप्पणी ।

८.(सेना दिवसको शुभकामना)
महाशिवरात्रि एवं सेना दिवसको अवसरमा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनायो /राष्ट्रपति विद्यादेवी भण्डारी सरिक कार्यक्रममा नेपाली सेनाद्वारा सैनिक कौशल प्रदर्शनी ।

९.(अविवेकी चालक)
शिवरात्रिका अवसरमा दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा सडकमा डोरी टाँगेर बसेका बालक पुजन थामीको यात्रुबाहक बसको ठक्करबाट मृत्यु /बसका चालकलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई ।

१०.(शव आफन्तलाई)
कुवेतमा बालुवा, ढुंगाको ढिस्कोले पुरिएर ज्यान गुमाएका ६ जना कामदारको शव नेपाल आइपग्यो /कम्पनीले आफ्नै खर्चमा शव नेपाल पठाएको र शव आफन्तले बुझिसकेको प्रहरीको भनाई ।

११.(घुसखोरीको विगविगी)
भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसी दुई लाख घुससहित रंगेहात पक्राउ/ झोलुङ्गे पुलनिर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप ।

१२.(कोरोनाको असर)
चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत पर्यो /जनशक्ति र उपकरण आउन नसक्दा विमानस्थलको काम नराम्ररी प्रभावित भएको आयोजनाको भनाई ।

१३.(दिनानुुदिन किर्तिमान)
सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान कायम /शुक्रबार छापावाला सुन ५ सयले वृद्धि भएर प्रतितोला७८ हजार १ सय र चाँदी ९ सय १५मा कारोवार/सुनको भाउ अझै बढ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको अनुमान ।

१४.(आयोजक निरास)
अष्ट्रेलियामा शुक्रबारदेखि महिला टी–२० विश्वकप सुरु /प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक अष्ट्रेलियाविरुद्ध भारत १७ रनले विजयी ।

Advertisement

र,
१५.(जेल पस्यो कोरोना)
चीनको वुहान अस्पतामा कार्यरत अर्काएक डाक्टरको कोरोना भाइरसका कारण मृत्यु /चीनका दुई जेलभित्र पनि दुई सय जना कैदी र सातजना अधिकारीलाई संक्रमण देखिएपछि जेलरहरु बर्खास्त/भाइरसका कारण २२ सय भन्दा बढीको मृत्यु ७६ हजार संक्रमित ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top