आजका प्रमुख खबरहरुः
१.(जय शम्भो)
आज कृष्ण चतुर्दशी, अर्थात महाशिवरात्रि /देशका शिवालयहरुमा पूजाआराधना गरी महाशिवरात्रि पर्व देशभरी मनाइदै /आजशिवको पूजा अर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु, दुध, धतुरो र बेलपत्र चढाउने प्रचलन ।
२.(पूरानै परम्परा)
नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार महाशिवरात्रिको अवसरमा मन्दिर पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पूजाआजा /राष्ट्रपति उपस्थित हुने भएपछि पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा ।
३.(प्रहरीको काम)
शिवरात्रिको अवसरमा पशुपति क्षेत्रबाट गाँजाखाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्ने ४५ जना पक्राउ/ पक्राउ गरिएकामध्ये २० जनाभन्दा बढीलाई गाँजा सेवनको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई ।
४.(प्रतिवेदनमा के छ ?)
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेकपाको कार्यदलद्वारा प्रतिवेदन तयार /सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवशयक तथ्यहरुको विस्तृत अध्ययन भएको भीम रावलको भनाई ।
५.(कमिसनखोरीको विरोध)
सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई छानबिन गर्न माग गर्दै नेपाल विद्यार्थी संघको प्रदर्शन /प्रकरणको अडिओ दुई महिना अघि नै प्रधानमन्त्रीले पाएको भन्दै प्रधानमन्त्रीले यसबारे बोल्नुपर्ने माग ।
६.(बोलायो अदालतले)
बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी /अख्तियारले गत माघ २२ गते दर्ता गरेको आरोपपत्रमा प्रतिवादी बनाएका १७५ जनाविरुद्ध १५ दिने म्याद जारी गर्न शुरु ।
७.(आत्मालोचना हो कि ?)
सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई /कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने राम्रो संकेत नदेखिएको टिप्पणी ।
८.(सेना दिवसको शुभकामना)
महाशिवरात्रि एवं सेना दिवसको अवसरमा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनायो /राष्ट्रपति विद्यादेवी भण्डारी सरिक कार्यक्रममा नेपाली सेनाद्वारा सैनिक कौशल प्रदर्शनी ।
९.(अविवेकी चालक)
शिवरात्रिका अवसरमा दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा सडकमा डोरी टाँगेर बसेका बालक पुजन थामीको यात्रुबाहक बसको ठक्करबाट मृत्यु /बसका चालकलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई ।
१०.(शव आफन्तलाई)
कुवेतमा बालुवा, ढुंगाको ढिस्कोले पुरिएर ज्यान गुमाएका ६ जना कामदारको शव नेपाल आइपग्यो /कम्पनीले आफ्नै खर्चमा शव नेपाल पठाएको र शव आफन्तले बुझिसकेको प्रहरीको भनाई ।
११.(घुसखोरीको विगविगी)
भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसी दुई लाख घुससहित रंगेहात पक्राउ/ झोलुङ्गे पुलनिर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप ।
१२.(कोरोनाको असर)
चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत पर्यो /जनशक्ति र उपकरण आउन नसक्दा विमानस्थलको काम नराम्ररी प्रभावित भएको आयोजनाको भनाई ।
१३.(दिनानुुदिन किर्तिमान)
सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान कायम /शुक्रबार छापावाला सुन ५ सयले वृद्धि भएर प्रतितोला७८ हजार १ सय र चाँदी ९ सय १५मा कारोवार/सुनको भाउ अझै बढ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको अनुमान ।
१४.(आयोजक निरास)
अष्ट्रेलियामा शुक्रबारदेखि महिला टी–२० विश्वकप सुरु /प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक अष्ट्रेलियाविरुद्ध भारत १७ रनले विजयी ।
र,
१५.(जेल पस्यो कोरोना)
चीनको वुहान अस्पतामा कार्यरत अर्काएक डाक्टरको कोरोना भाइरसका कारण मृत्यु /चीनका दुई जेलभित्र पनि दुई सय जना कैदी र सातजना अधिकारीलाई संक्रमण देखिएपछि जेलरहरु बर्खास्त/भाइरसका कारण २२ सय भन्दा बढीको मृत्यु ७६ हजार संक्रमित ।