कर्मचारीलाई विदा होईन जिम्मेवारी दिईन्छ : मन्त्री पण्डित

विराटनगर, चैत ७
संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अबकाशको लागि आबेदन दिएका सबै कर्मचारीलाई विदा दिने पक्षमा सरकार नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पण्डितले दक्ष र अनुभवी जनशक्तिलाई बिदा दिएर देशको सक्रमणकालिन अबस्थाको व्यवस्थापन गर्न कठिनाई हुने बताउदै कर्मचारीलाई विदा भन्दा पनि जिम्मेवारी दिने पक्षमा सरकार रहेको बताएका हुन् ।

उनले अबकासका लागि निवेदन दिएका मध्ये शारिरीक र मानसिक रुपमा अशक्त भएको प्रमाणित भएका कर्मचारीलाई मात्र विदा दिने र अन्य सक्षम कर्मचारीहरुलाई कार्य क्षेत्रको जिम्मेवारी दिएर पठाउने बताए ।

Advertisement

मन्त्री पण्डितले सेवाबाट विदा लिने कर्मचारीले आफु मानसिक र शारिरीक रुपमा अशक्त भएको कुरा चिकित्सकबाटै प्रमाणित गराएर ल्याउनुपर्ने बताए । कर्मचारीलाई स्वेच्छिक अबकासका लागि निबेदन दिने व्यवस्था कानूनले गरेपनि त्यसलाई स्वीकृत नगर्ने व्यवस्था पनि कानूनमै रहेको उनले स्पस्ट पारे ।

उनले कर्मचारीलाई विदा दिएर सेवा प्रवाह रोक्ने नभई राज्यका तीनै तहमा कर्मचारी पठाएर सेवालाई प्रभावकारी बनाउने पक्षमा बर्तमान सरकार रहेको स्पष्ट पारे ।

Advertisement

जिम्मेवारी पाएको कुनै पनि कर्मचारीले त्यसको २४ घण्टा भित्र कार्यक्षेत्रमा पुग्नै पर्ने र त्यसको पालना नगर्ने कर्मचारी माथि आगामी आइतबार देखि नै कारवाहीको प्रक्रिया अगाडि बढाईने स्पस्ट पार्दै उनले यदि कसैले अन्यत्र खटाएको कर्मचारीलाई पुरानै ठाउँमा हाजिर गराए उसलाई पनि कारबाही हुने चेतावनी दिए ।

अहिलेसम्म ७८ प्रतिशत कर्मचारी कार्यक्षेत्रमा पुगिसकेको सरकारी तथ्याङ्क जानकारी गराउँदै मन्त्री पण्डितले सरकारले पठाएको कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई निजामती सेवा ऐन अनुसार बरखास्तगी समेत गर्न सकिने जानकारी दिए ।

उनले कर्मचारीलाई सेवा गर्नका लागि जहाँ तोकिएको हो त्यहा सेवा गर्नैपर्ने उल्लेख गर्दै नगर्ने कर्मचारीहरु कारबाहीमा पर्ने बताए । मन्त्री पण्डीतले राष्ट्र सेवक कर्मचारीलाई खोजेको र रोजेको ठाउँमा पठाउन नसकिने जिकिर गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top