सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ८० हजार नाघ्यो

१२ फागुन, काठमाडौं । सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च ८० हजार कटेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ ।

आज छापावाला सुनको मूल्यले ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको छ । आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले सोमबार एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ८० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ। अहिले अन्तर्रा्ष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।

Advertisement

चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्रा्ष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरुको भनाइ छ । विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ । यस्ता कारणले अन्तर्रा्ष्ट्रिय संचार माध्यमहरुले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने बताइरहँदा नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य नेपालमा पनि अझै बढ्नसक्ने अनुमान गरिरहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top