जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रियोः मुख्यमन्त्री गुरुङ

११ फागुन ७६, सोमबार

१२ फागुन, पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको भन्दै सम्बन्ध सुधारमा जोड दिएका छन् ।

धेरै कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको टिप्पणी पनि उनले गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री गुरुङले भने, ‘हामी जनमानसमा पुग्दैनौं । झुपडीमा पुग्दैनौं ।’

‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने । साथै कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी अन्तरघाती काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

Advertisement

कम्युनिस्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राखिराख्नुपर्ने भन्दै उनले भने, ‘हामी जुन बाटोमा हिँड्न खोजिराख्या छौं, त्यही बाटोमाथि प्रश्न उठाउने भूल हामीबाट हुनुहुँदैन । अन्तरघातबाट पार्टीलाई बचाउनुपर्छ ।’

पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थालेकाले प्रतिक्रियावादीलाई खेल्न सजिलो भएको मुख्यमन्त्री गुरुङले सुनाए । ‘हामी आत्मालोचना, आत्मनिन्दामा बसेका छैनौं । आफैं आफ्नै सरकारको विरुद्धमा छौं ।

Advertisement

हुन त यसमा गोपनीयताका कुरा होलान्, इमान्दारिताका कुरा होलान्,’ मुख्यममन्त्री गुरुङले भने, ‘हामी आफैंलाई सिध्याउने बाटोमा लागिराख्या छौं । त्यसैले प्रतिक्रियावादीले हाम्रोविरुद्ध खेलिरहेका छन् ।’

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top