दिल्लीमा भिडन्त, पाँचजनाको मृत्यु

१३ फागुन ७६, मंगलबार
Share this
669shares

१३ फागुन, एजेन्सी ।
भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

Advertisement

समाचार संस्था एएनआईका अनुसार अहिलेसम्म तीनजना सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ । अर्का एकजनाको पनि मृत्युको भएको बताइन्छ । तर मृत्यु हुने पाँचौँ व्यक्तिका बारेमा विस्तृत विवरण सार्वजनिक भएको छैन ।

घटनामा घाइते भएका २४ जना भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दिल्लीको यमुना पार क्षेत्रमा भिडन्त भएको हो । दिल्ली सरकारका मन्त्री गोपाल राय बिग्रिएको अवस्थाबारे छलफल गर्न उपराज्यपालको निवास पुगेका छन् ।

Advertisement

दिल्लीमा सोमबार दिउँसो र बेलुका भिडन्त भएको हो । जाफराबादका मोहम्मद सुल्तान नाम गरेका प्रदर्शनकारीको गोडामा गोली लागेको थियो । तर रक्तश्राव अधिक भएका कारण उनको मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

यस्तै शाहिद अल्वी नाम गरेका अटो रिक्सा चालकको पनि मृत्यु भएको छ। उनको मृत्यु पनि गोली लागेर भएको हो।

Advertisement

उत्तर प्रदेशको बुलंदशहर जिल्लाको डिबाई क्षेत्रका स्थायी बासिन्दा शाहिदको दुई महिनाअघि विवाह भएको थियो । उनी दिल्लीको मुस्तफाबाद क्षेत्रमा भाडामा बस्दै आएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारत भ्रमणमा छन् । उनी सोमबार अहमदाबाद गएका थिए। मंगलबार दिल्लीमा विशेष कार्यक्रममा सहभागी हुने तयारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top