१३ फागुन, काठमाडौँ ।
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाही काममा फर्किएकी छन् ।
सुरुमा सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा महरामाथि बलात्कार प्रयासको अभियोग लगाएकी उनले पछि बयान फेरेकी थिइन् । उनले अदालतमा महराले आफूमाथि कुनै किसिमको दुर्व्यवहार नगरेको भन्दै बयान दिएकी थिइन् ।
अभियोग लागेपछि सभामुखबाट राजीनामा दिएका महरालाई प्रहरीले गएको अशोज मध्यमा पक्राउ गरेको थियो । महरा हालै बलात्कार प्रयासको अभियोगबाट सफाइ पाइ रिहा भएका छन् ।
संसदको स्वास्थ्य इकाइमा नर्सको रुपमा कार्यरत छिन् । उनी गएको अशोज १४ पछि सोमबार अर्थात फागुन १२ गते पहिलोपटक कार्यालय गएकी हुन् । शाही सोमबारदेखि काममा फर्किएको संसद सचिवालयले पुष्टि गरेको छ ।