भुक्तानी माग गर्दै सैनिक मुख्यालय अगाडी धर्ना

१२ फागुन ७६, मंगलबार

१३ फागुन, काठमाडौँ ।
नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय निर्माणमा संलग्‍न सहायक ठेकेदार, सप्लायर्स र मजदुरहरुले भुक्तानी माग गर्दै धर्ना सुरु गरेका छन् ।

Advertisement

उनीहरुले सैनिक मुख्यालय अगाडि मंगलबार बिहानबाट धर्ना दिएका हुन् ।

धर्ना बस्नुको कारणबारे विज्ञप्ति जारी गर्दै उनीहरुले भवन निर्माणको लगानीकर्ता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सेनालाई मुक्तानी दिइसके पनि सेनाले ठेकेदारलाई भुक्तानी नदिँदा ठेकेदारले सहायक ठेकेदार, सप्लायर्स र मजदुरलाई भुक्तानी नदिएको उल्लेख गरेका छन्।

Advertisement

आफूहरुले सेनाका अधिकारी र पुनर्निर्माण प्राधिकरणलाई जानकारी गराउँदा पनि भुक्तानी नपाएको विज्ञप्तिमा उल्लेख छ।

 हेडक्वाटर ठेकेदार पीडित सम्पूर्ण सहायक ठेकेदार, सप्लायर्स तथा मजदुरहरुको नामबाट जारी विज्ञप्तिमा भुक्तानी विवादसम्बन्धी सत्यतथ्य जानकारी पाउनका लागि धर्ना कार्यक्रम आयोजना गरिएको उल्लेख छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top