×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

सार्वजनिक बाटो ओगटेर बनाइएका घर–टहरामा विराटनगर महानगरले चलायो डोजर

१४ फाल्गुन २०७६

१४ फागुन, विराटनगर । सार्वजनिक बाटो ओगटेर बनाइएका घर–टहरा विराटनगर महानगरले डोजर लगाएर भत्काएको छ । महानगरस्थित वडा नं १ पोखरिया भट्टाचोकमा सडक क्षेत्रमा बनेका सुकुम्बासीका घर–टहरामा महानगरपालिकाले डोजर लगाएर भत्काएको हो ।

सुकुम्बासीका नाममा सार्वजनिक सडकनै अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काएर बाटो खाली गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए ।

Advertisement
Advertisement

जग्गा खाली गर्न सूचनामार्फत आग्रह गरे पनि अटेर गरेपछि अतिक्रमित बाटोको जमिन खाली गर्नु परेको अधिकारीको भनाइ छ । महानगरको आग्रह अटेर गर्ने र वार्तामा समेत नबस्ने गरेका कारण लामो समय देखि महानगर आजित भएको थियो ।

महानगरले दिएको अल्टिमेटमलाई बेवास्था गरेपछि डोजर प्रयोग गरेर अतिक्रमित भएको सरकारी जमिन संरक्षण गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । टहरा भत्काउन पुगेको टोलीलाई स्थानीय बासिन्दाले अवरोधको प्रयास गरेका थिए । त्यसक्रममा नगर रक्षक र प्रहरीको टोलीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा थप मद्दतका लागि प्रहरी टोली पुगेपछि बल प्रयोग गरेर सडकको उत्तरतर्फ सार्वजनिक जग्गामा बनाइएका घर भत्काइएको हो । सुकुम्बासीले बनाएका टहरा पछाडि व्यक्तिको जग्गा रहेकोले उनीहरुको योजनामा घरटहरा भत्काइएको पीडितहरुले आरोप लगाएका छन् ।

सार्वजनिक जग्गामा सुकुम्बासी बसिदिएपछि पछाडिका घरसम्म पुग्ने बाटो नहुँदा अहिले सुकुम्बासीलाई घरबारविहीन बनाइएको स्थानीय जय कामतले दावी गरे ।

स्थानीय बासिन्दाले नजिकैको परोपकार घाटमा रहेको चार बिघा जग्गामा बसेका सुकुम्बासी परिवारलाई नहटाएको तर सो क्षेत्रका सुकुम्बासीलाई कुनै विकल्प नदिएको भन्दै आपत्ती जनाएका छन् । सडकमा पर्ने डेढ कट्ठा सार्वजनिक जग्गामा संरचना बनाएर सुकुम्बासी बसेका थिए ।

भत्काइएको घर नजिकै करिब एक सय बढी सुकुम्बासी परिवार टहरा बनाएर बसेका छन् । उनीहरुलाई भने हटाइएको छैन । कुनैपनि विकल्प नदिइकन घर–टहरा भत्काएपछि बिचल्नी भएको उनीहरूको गुनासो छ ।

टहरा भत्काएपछि ६२ वर्षीया बीबी हसिना खातुनले अब कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको बताइन् । ३५ वर्षदेखि बसेको स्थानबाट हटाएपछि दुःख पाएको उनको भनाइ छ ।

Advertisement

आफूहरूलाई विकल्प दिएर अन्यत्र बसोबासको व्यवस्था गर्न उनले माग गरिन् । नेपाल भूमिहीन सुकुम्बासी संगठन विराटनगर महानगर कमिटीका अध्यक्ष बुद्धिमान लिम्बूले भूमिहिन सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गरिनु पर्ने, हटाउनुअघि नै सुकुम्बासीलाई पुर्नवासको व्यवस्था गर्नुपर्ने माग गरिन् । (रासस)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top