×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

१६ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(दबावसहितको विश्वास)
पार्टी सचिवालय बैठकमा भएको निर्णयको प्रधानमन्त्रीले अवज्ञा नगर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विश्वास /बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएपनि तत्काल संविधान संशोधनको प्रकृया अगाडी नबढ्ने उल्लेख ।

Advertisement
Advertisement

२.(सल्लाहकारको राय)
राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार क्षेत्र पार्टीको नभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको भनाई/प्रधानमन्त्रीले पारित हुन्छ भनिसकेपछि एमसीसी संसदबाट नै पारित हुने दाबी ।

३.(बाँस्कोटाले न्याय गुहारे)
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनमा फसेका गोकुलप्रसाद बाँस्कोटाद्वारा आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा दायर/ मिसनमा मोलमोलाई गरेको अडिओमा बोल्ने विजयप्रकाश मिश्र प्रतिवादी ।

४.(प्रहरीको ज्यादती)
ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि भर्ना गरिरहेकी काखमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि प्रहरी निरीक्षक देवीप्रसाद पौडेलद्वारा लाठी प्रहार /लाठी हान्ने प्रहरी निरीक्षक पौडेलमाथि छानविन गर्न समिति गठन ।

५.(अमेरिकाको नाममा ठगि)
अमेरिकन दूतावासमा काम गर्ने कर्मचारीको नक्कली परिचयपत्र देखाएर अमेरिका पठाउने भन्दै ठगि गर्ने ४१ वर्षिय केदार खड्का प्रहरी नियन्त्रणमा /खडकाले १० जना भन्दा बढी व्यक्तिबाट ३० हजारदेखि ४ लाख सम्म ठगि गरेको खुलासा ।

६.(क्वारेन्टाइन सकिँदै)
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भक्तपुर क्वारेन्टाइनमा चीनबाट ल्याइएकाहरुलाई राखेको शनिबार १४ दिन पुग्दै /क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको दोश्रोपटक स्वास्थ्य परीक्षण गरिने ।

७.(पीडितलाई न्याय)
हेटौँडाकी बिन्दवासिनी कंशाकारमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भराउने अदालतको फैसला /पीडितको उपचारमा खर्च भएको एक करोड १५ लाखसमेत पीडकबाट भराउन आदेश ।

८.(ज्ञानमाथिको आन्दोलन)
किताबमाथि सरकारले लगाएको करविरूद्ध सिंहदरबारअगाडि आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरु प्रहरीद्वारा पक्राउ/सरकारले आफ्नो आवाज नसुनेको र आफूहरूसँग कुनै विकल्प नभएको भन्दै आन्दोलन गरेका विद्यार्थीमो भनाइ ।

९.(अर्थमन्त्रीको प्रतिबद्धता)
आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई/सरकार व्यवसाय गर्न असफल भएपनि बजारलाई असफल हुन नदिने प्रतिवद्धता ।

१०.(नेविसंघलाई मसला)
संसदलाई छलेर इन्धनमा मूल्यवृद्धि गर्ने सरकारको निर्णयप्रत्ति नेपाल विद्यार्थी संघ(नेविसंघ)को आपत्ति / इन्धनमा कर बढ्नु भनेको सबै उपभोग्य वस्तुमा कर बढ्नु भएको भन्दै फिर्ता लिन माग ।

११.(कोरोनाको प्रभाव देखिएन)
नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु प्रभावित नभएको नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यको भनाई /नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र लगानी गर्ने उद्धेश्यमा कोरोना भाइरसको प्रभाव नपर्ने दावी ।

१२.(मन्त्रीका कामका फेहरिस्त)
सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको भूमि, व्यवस्था मन्त्री पद्मा अर्यालको भनाई /२८४ विघा ५ कट्ठा १५ धुर जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको उल्लेख ।

१३.(मानवस्वास्थ्यका लागि)
प्लान क्वारेन्टाइनलाई व्यवस्थित गरी किसानको समस्या समाधान गर्न प्रतिनिधिसभा अन्तर्गतको कृषि, समितिको सरकारलाई निर्देशन / क्वारेन्टाइन चेकजाँच नहुँदा गुणस्तरहिन वस्तुहरु आइरहेको र यसले मानव स्वास्थ्यमा असर पार्र्नेमा सांसदहरुको जोड ।

१४.( पुलिस भर्सेस मनाङ)
धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने/पुलिसद्वारा मछिन्द्र सडनडेथमा पराजित ।

Advertisement

र,
१५.(हामीले पनि सिक्ने कि ?)
नेपालमा विवादित बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकामा अस्वीकृत /सम्झौतामा हस्ताक्षर नगर्ने तर सम्झौताको संशोधनमा छलफल गर्न सकिने श्रीलंकाली मन्त्रिपरिषद्को बैठकको निर्णय ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top