तुसारोले कफी खायो, किसान चिन्तित

१६ फागुन ७६, शनिबार

१७ फागुन, पाल्पा ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् ।

Advertisement

यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

स्थानीयवासी मुगीसरा लम्तरीले तुसारोका कारण यस वर्ष कफी नटिपिएको र टिप्न नपाउँदै झर्दा आम्दानी हुन नसकेको बताए । कफी खेती गरी घर खर्च चलाउने यहाँका किसानले यसपालिका उत्पादित कफीबाट मनग्ये आम्दानी लिन नसकेका हुन् ।

Advertisement

उनले कफीबाट गत वर्षमा दश १५ हजारभन्दा बढी आम्दानी गरेको र यसपटक आम्दानी लिन असफल भएको गुनासो पोखे । स्थानीयवासीले कफीमा तुषारोका कारण रोग लागे भनेपनि प्राविधिकरुपमा कुन रोग लागेको पहिचान हुन सकेको छैन ।

सुकदमारका कफी खेती गर्ने किसानलाई प्राविधिक ज्ञानको अभाव छ । अहिले रोग लागेपछि त्यसको रोकथाम चुनौती देखिएको छ । कफीका देखिएको रोगको पहिचान गरी उन्मूलन गर्न नसकेकोे लम्तरीले बताए ।

Advertisement

कम लगानीमा प्रशस्त आम्दानी हुँदा पाल्पाका किसान कफी खेतीतर्फ आकर्षित हुँदै आएका थिए तर, स्थानीयवासीले प्रशस्त आम्दानी गर्न कफी लगाए पनि यसमा रोगले आक्रमण गरेपछि किसान चिन्तित बन्नुपरेको स्थानीयवासी लिलाबहादुर बरालले बताए ।

जिल्लामा गत आर्थिक वर्ष २०७५÷०७६ मा २५ ट्रन कफी उत्पादन भएको थियो । जिल्लाको तानसेन नगरपालिका, रैनादेवी, बगनासकाली गाउँपालिका व्यावसायिक रुपमा कफी खेती हुँदै आएको छ । जिल्ला कफी सङ्घका अनुसार कफी व्यावसायिक वार्षिक रु २५ हजारदेखि तीन लाखसम्म आम्दानी हुँदै आएको छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत यस गाउँपालिकामा एक करोडको कार्यक्रम रहेको जानकारी दिए । उनले गाउँपालिका क्षेत्रबाट वार्षिक रु एक करोडभन्दा बढी कफी जिल्ला बाहिर निकासी हुने बताए।

बाँदरले अन्न बालीमा क्षति गर्न थालेपछि यहाँका किसानले व्यावसायिक रुपमा कफी र दालचिनी उत्पादन गर्दै आएका थिए । व्यावसायिक रुपमा उत्पादित कफी खेतीमा समेत रोग लागेपछि किसान चिन्तित बनेका हुन् ।

कफी स्थानीयस्तरमा सङ्कलन गरी रुपन्देही जिल्लामा निर्यात हुन्छ । जिल्लामा उत्पादित कफी काठमाडौँ हुँदै विदेशमा समेत निर्यात हुन्छ । गत वर्ष राम्रो आम्दानी हुँदै आएको यस वर्ष कफी खेती राम्रो उत्पादन भए पनि फलबाट आम्दानी लिने वातावरण नभएको जनाइएको छ ।

जिल्लाको पश्चिम क्षेत्रको रैनादेवी छहरा गाउँपालिकाको सत्यवती, जुठापौवा, बल्ढेगढी, सुकदमार, चिदीपानी, काउले, गहतेमा व्यावसायिक रुपमा कफी खेती हुँदै आएको छ ।

पछिल्लो समय रोगका कारण किसान चिन्तित छन् । स्थानीय तहमा कफी सङ्कलन केन्द्र स्थापना गरी व्यावसायिक बनाउन सकेको अवस्था कफी खेतीबाट युवाले प्रशस्त आम्दानी गर्न सक्ने व्यवसायीको दाबी छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top