कोरोनाको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइने, नेपाल आउने सबै यात्रुको ज्वरो मापन गरिने

१८ फागुन, काठमाडौं । सरकारले कोरोनाभाइरसको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने भएको छ । शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीले बोलाएको छलफलमा कोरोना रोकथामको पूर्वतयारीकालागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन भएको छ ।

गृह, पर्यटन, स्वास्थ्य, अर्थ र शिक्षा मन्त्री समेत रहेको सो समितिले अब कोरोनासम्बन्धि आवश्यक निर्णय लिने पर्यटनमन्त्री योगेश भट्टराईले बताए । छलफलमा कोरोनाको संक्रमण फैलिएको देशहरुसँगको हवाई सेवा बन्द गर्ने विषयमा पनि कुराकानी भएको थियो । अब परिस्थिति हेरेर आवश्यक परे हवाई सेवा बन्द गर्ने निर्णय पनि समितिले नै गर्ने भट्टराईले जनाए ।

समितिको निर्णयसँगै अब नेपाल आउने सबै विदेशी यात्रुहरूको ज्वरो मापन गरिनेछ । जाँचको क्रममा यात्रुको ज्वरो १०० डिग्री फरेनहाइटभन्दा माथि देखिए आइसोलेसन कक्षमा पठाइने स्रोतले जानकारी दिएका छन् ।यसअगाडि चीन, कोरिया, हङकङ, जापान र मलेसियाबाट आउने यात्रुको मात्र ज्वरो जाँच गरिएको थियो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यी पाँच मुलुकबाट आउने यात्रुको ज्वरो जाँच गर्न भनेर दुईटा थर्मल स्क्यानर जडान गरिएको थियो। तर जडान गरेको दुई हप्ता नबित्दै एउटा स्क्यानर बिग्रिएपछि अहिले एउटा स्क्यानरले मात्र काम गरिरहेको छ। अब सबै देशबाट नेपाल आउने यात्रुहरूको एउटा थर्मल स्क्यानरबाट जाँच गर्दा यात्रुलाई केही सास्ती हुनेछ। सबैलाई लाइन लगाएर एउटा स्क्यानरबाट जाँच गर्दा ढिला हुने हेल्थ डेस्कमा खटिएका एक स्वास्थ्यकर्मीले जनाए।

वास्थ्य मन्त्रालयले विमानस्थलमा थप दुईटा थर्मल स्क्यानर जडान गर्नको लागि खरिद प्रकृया अघि बढाइसकेको छ। अब एक हप्ताभित्रै दुईटा थर्मल स्क्यानर आइपुग्ने स्रोतले बताए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई पनि कोरोनाभाइरसको उच्च जोखिममा राखेपछि प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा छलफल डाकेका थिए।

नेपालमा अहिलेसम्म एकजना व्यक्तिमा मात्र कोरोनाभाइरसको संक्रमण भेटिएको छ। गत फागुन ४ गते चीनबाट उद्दार गरेर ल्याइएका १ सय ७५ जना नेपालीमा पहिलो स्वास्थ्य जाँचमा कोरोनाको संक्रमण देखिएको छैन।

खरिपाटीस्थि क्वारेन्टाइनमा रहेको उनीहरूको अन्तिम स्वास्थ्य परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरिएको छ। दुईदिनपछि आउने नतिजामा कोरोनाको संक्रमण नदेखिएकालाई सरकारले घर पठाउनेछ ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top