क्यान्सर पीडित पत्रकार पौडेललाई इञ्जाले दियो १४ लाख सहयोग

क्यान्सर पीडित पत्रकार पौडेललाई इञ्जाले दियो १४ लाख सहयोग

१८ फागुन, काठमाडौं ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न संञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाण्डौमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले सत्ता परिर्वतन नभई व्यवस्था नै परिर्वतन भएकाले परिर्वतित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न संचारमाध्यमको ध्यानाकर्षण गराएका हुन् ।

अदृश्य स्रोतबाट सञ्चालित मिडियाहरु जनता र मुलुकप्रति उत्तरदायी हुनु भन्दा स्रोतको सेवामा समर्पित हुने गरेको आरोप पनि उनले लगाए । उनले सार्वजनिक पद धारण गरेका व्यक्ति मात्रै नभई मिडियाको पनि पब्लिक अडिट हुनुपर्ने र त्यसमा उत्रन सक्नुपर्ने धारणा राखे।

उनले भने “ हामी विभिन्न हैसियत प्राप्त गरेका व्यक्तिहरु, त्यो हैसियत भनेको पब्लिकको प्रोपर्टी हो । त्यो पब्लिकको प्रोपर्टी लाई पब्लिकले अडिट गर्न पाउनुपर्छ । अडिट हुन्छ र त्यो अडिट भएको बेलामा त्यसलाई स्वभाविक र सहज ढंगले लिनुपर्छ ।

त्यो अडिटमा बेरुजु निस्किनु हुदैन । बेरुजु ननिस्कियोस् भनेर त्यस अनुसार आफ्नो इन्टिग्रिटीमा उभिनसक्नुपर्छ । यो हामी सबैको लागि हो । यो राजनीतिक पार्टीको व्यक्तिहरुको मात्रै भन्दै छैन । तपाईहरु सञ्चार क्षेत्रमा रहने साथहिरुलाई पनि कुरो यही हो । कुनै जिम्मेवारी छैन ।

कुनै केही छैन । वान म्यान मिडिया सञ्चालन गर्यो ,त्यसपछि जे मन लाग्यो त्यही लेख्यो । कहाँ बाट स्रोतहरु प्राप्त हुन्छन् । त्यो स्रोतको सेवामा समर्पित भयो । यो विकृतिले पार्ने नोक्सानी । यसको बारेमा पनि जवाफदेही हुनुपर्छ । त्यसकारण हामी सबै पब्लिक अडिटमा उत्रनुपर्छ । अडिटिङ्ग गर्दा बेरुजु ननिस्कियोस् भनेर सोच्नुपर्छ । ”

मन्त्री पोख्रेलले संञ्चार जगतलाई आलोचनात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरे । विगतमा निरन्तरको राजनीतिक अस्थिरतामा चलखेल गर्नेहरुको विकृत मनोदशा देखिन थालेको र नेपथ्यका तीनै पात्रहरुको भूमिकाका कारण राजनीतिक तहमा बसेका मान्छेहरु पनि मनोरोगी भएर प्रकट हुने गरेको बताए ।

केही सञ्चारगृहले पनि राजनीतिक अस्थिरता चाहनेहरुको प्रतिनिधित्व गरे जसरी सरकारले दुई बर्ष पुरा गर्दे गर्दा ‘अब त अविश्वासको प्रस्ताव ल्याउन मिल्ने भयो’ भन्दै समाचार प्रकासन गरेको टिप्पणी गरे । उनले भने “राजनीतिक अस्थिरताको निरन्तर चाकाच्लीमा खेलिरहन पाए देखी त्यसपछि आफ्ना धेरै स्वार्थ पूरा हुन्थे भन्ने पनि मनोदशा छ ।

त्यस्तो मनोदशा बनाउने नेपथ्यका पात्रहरुले भूमिका खेल्छन् । त्यही भूमिका अनुसार कतिपय राजनीतिक तहमा बसेका मान्छेहरु पनि मनोरोगी भएर प्रकट हुने गरेका छन् । यो अहिलेको यथार्थ हो । ” कार्यक्रममा १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणि रेग्मी चुमरे लाई प्रदान गरिएको थियो ।

त्यसैगरी इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदा गरिएको थियो । दुवैलाई जनही ५ सय डलर रुपैया प्रदान गरिएको छ ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत पत्रकारहरु नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट, राष्ट्रिय सुचना अयोगका पुर्व आयुक्त किरण पोख्रेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, समाचार पत्र दैनिकका सम्पादक कपिल काफ्ले, नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्कालाई इञ्जा सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २ सय ४४ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो ।

इञ्जा एसियाका अध्यक्ष टंक पन्तका अनुसार, यो रकम इञ्जा, डिसी नेपाल डटकम र इनेप्लिज डटकमको संयुक्त आव्हानमा संकलन गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.