×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वदेशी वस्तुहरुको निर्यात बढाउने योजनामा सरकारः आपूर्ति मन्त्रालय

१८ फाल्गुन २०७६

१८ फागुन, काठमाडौं ।
सरकार स्वदेशी वस्तुहरुको निर्यात बढाउने विषयमा केन्द्रीत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘नेपाल बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटि’ सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सावती नामक संस्थाले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यापारको सन्दर्भमा उठेका कुराहरुलाई ध्यानमा राखेर कसरी निर्यात गर्ने भन्ने विषयमा मन्त्रालय केन्द्रीत भएको बताए ।

Advertisement

उनले भने ‘ट्रेडको सन्दर्भमा हामी जतिपनि कुराहरु छन अहिले आएका कुराहरु समेत राखेर हामी हाम्रा वस्तुहरु त्यहाँ एक्सपोर्ट हुने हिसाबमा कसरी जान सक्छ भन्ने कुरामै बढी कन्सन्ट्रेट हुन्छौं ।’

उनले बंगलादेशसँग व्यपारको सम्भावना उच्च रहेको र बंगलादेशबाट लगानी समेत आउन सक्ने भएकाले सरकारले दुईदेश बीचको कनेक्टिभिटिमा ध्यान दिएको बताए । त्यसका लागि सरकारले प्रोडक्ट रुट र मार्केटिङको विषयमा ध्यान दिएको छ ।

अहिलेको रुट भन्दा जलमार्गलाई समेत कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्भाव्यताको अध्ययन भइरहेको समेत उनले बताए । उनले भने ‘अहिलेको कन्भेन्सनल रुटका अलवा वाटरवेजलाई पनि कसरी युज गर्न सकिन्छ सकिदैन अव त्यो सम्भावना पनि देखिन्छ ।

अहिले जुन हामीले इण्डियन वाटरवेज युज गर्ने भनेका छौं सँगसँगै त्यसलाई कनेक्ट चाहिं बंगलादेशी वाटरवेजसँगपनि गर्न सकन्छि की भन्ने पनि देखिएको छ ।’ विद्युत व्यापारका लागि पिटिए गर्ने सम्बन्धमा अन्तिम नभएपनि यसको ड्राफ्ट भइसकेको सचिव अर्यालले बताए ।

उनले भने ‘पिटिएको कुराहरुमा धेरै कुरा आयो पिटिए अहिले नै फाइनल हुने स्टेजमा होइन नै यसको इनिसिएट भएको छ ड्राफ्ट तयार भएको र यसका थुपै्र कुराहरु छन् ।’ कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रले बंगलादेशसँग व्यपार वृद्धि गर्नका लागि डेडिकेटेड कोरिडोरको विषय उठाउनुपर्ने बताए ।

उनले भारतलाई गण्डक योजना अन्तर्गत बिसौं किलोमिटर जमिन दिएका छौं त्यसैगरी भारतसँग नेपालले ३७ किलोमिटर जमिन लिएर बंगलादेशसँग डेडिकेटेड कोरिडोरको विकास गर्नुपर्ने र त्यसका लागि कुरा उठाउनुपर्ने बताए ।

उनले भने ‘सम्भावना के छ भने राम्रोसँग कुराकानी गर्ने हो भने अव बंगलादेशलाई छिमेकी बनाउने तर्फ लाग्नु पर्छ । डेडिकेटेड कोरिडोरको कन्सेप्ट हामीले टावरमा कुराकानी ग¥यौं तर हामीले डेडिकेटेड कोरिडोरको बारेमा किन नउठाउने । यो हाम्रोलागि राम्रो इस्यु हो ।

हामीले इण्डियालाई जसरी बिसौं किलोमिटर हामीले गण्डक योजनाबाट हामीले आफ्नो जमिन दिएका छौं नी हामीले कोशिबाट दिएका छौं । ५ सय मिटर भन्दा बढी चौडाई र विसौं किलोमिटर भन्दा बढी टोटल्ली इण्डियालाई लिजमा दिएका छौं ।

कि त्यहाँबाट हाम्रो नदि जत्रो कोशिको पानी लिएर गएर आफ्नो सिंचाई गर्नुहोस त्यसमा हामी केही गर्न पाउँदैनौं । त्यही दर्जमा हामीलाई २०किलोमिटर किन दिन सक्नुहुन्न उहाँहरुले अथवा ३७ मिलोमिटर किन दिनुहुन्न ।’ यस्तो विषयमा सोच्नुपर्ने र उठाउनु पर्ने बेला भएको उनले बताए ।

Advertisement

कार्यक्रममा नेपालले बंगलादेशसँग गर्ने व्यापार सहज बनाउन र नेपाली वस्तुहरुमाथि बंगलादेशले लगाएको ट्यारिफको विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा नेपालले बंगालादेशसँग विद्युत व्यापारका लागि सम्झौता गर्नु सुरुवात भएको र अन्य नेपाली उत्पादनहरुको निर्यातको सम्भावनाका विषयमा समेत समेत छलफल भएको थियो ।

भर्खरको समाचार

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top