१८ फागुन, काठमाडौँ । आइतबार राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर पूर्वमाओवादी लडाकुका छोराले जुत्ता प्रहार गरेको खुलेको छ ।
पूर्वमाओवादी लडाकुका छोरा रतन तिरुवाले दाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरेको काठमाडौं प्रहरीका एसपीसोमेन्द्र सिंह राठौरले एक सञ्चारमाध्यमलाई बताए ।

जुम्ला घर भएका तिरुवाले लोकसेवा आयोगको तयारी गरिरहेको एसपी राठौरले बताए । तिरुवा डल्लु बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको राठौरले बताए।