विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न सवैलाई आग्रह

१९ फागुन ७६, सोमबार
Share this
776shares

१९ फागुन, काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न सूचना जारी गरेको छ।

Advertisement

प्राधिकरणले विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द भएको जनाएको छ।

सरकारले आइतबार संक्रमण फैलन सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको थियो। प्राधिकरणले आफन्तजनको स्वागत तथा विदाइमा आउनेहरुलाई पनि अत्यावश्यक भएको अवस्थामा बाहेक नआउन भनेको छ।

Advertisement

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि विमानस्थल प्रवेशमा कडाई गरिएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top