मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री अस्पताल भर्ना

१९ फागुन, काठमाडौँ ।
दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली सोमबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि भर्ना भएका हुन् ।

बुधबार प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको मिति तोकिएको छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बढीमा हप्तादिनमा प्रधानमन्त्री ओली घर फर्किने बताए । अहिलेसम्म ८ सय व्यक्तिको सफल मृगौला प्रत्यारोण गरिएको बताउँदै डा. खड्काले बढीमा ७ दिनसम्म अस्पतालमा राखेर घर पठाउने गरिएको बताए ।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शिक्षण अस्पतालमै गर्न पाउनु गौरबपूर्ण कुरा र अवशर भएको उनले बताए । प्रधानमन्त्रीले स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने निर्णयले जनतामा अस्पतालप्रतिको विश्वास झनै बढ्ने र नेताहरु उपचारका लागि विदेश जाने क्रम कम हुने विश्वास उनले व्यक्त गरे ।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने भिडियो सन्देश मार्फत बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top