×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

कांग्रेसले सोध्यो कोरोनाका लागि भारतीय सीमामा खोई कडाई?

१९ फाल्गुन २०७६

१९ फागुन, काठमाडौँ ।
नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलिन नदिन सीमा नाकामा कडाई गर्नुका साथै संक्रमण फैलिएका मुलुकहरुमा हवाई उडान स्थगित गर्न सरकारलाई आग्रह गरेको छ । चीनसँग जोडिएको केरुङ नाकामा कडाई गरिएपनि भारतसँग सीमा जोडिएका नाकाहरुमा निर्वाध आवतजावत भइरहेकाले तत्काल कडाई गरी विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न कांग्रेसले आग्रह गरेको हो ।

पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संक्रमण फैलिएका मुलुहरुसँग नेपालीको उद्धार गर्नुपर्ने अवस्था बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउनु आग्रह गरे । यसैगरी कोरोना संक्रममित मुलुकहरुको सूची सार्वजनिक गरी ती देशहरुमा नेपालीको भ्रमणमा अस्थायी रोक लगाउन पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ । केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समुन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढंगले अगाडी बढाउन पनि कांग्रेसले आग्रह गरेको छ । एन—९५ मास्कको पर्याप्त प्रबन्ध गर्न र बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान दिन पनि सरकारलाई आग्रह गरिएको प्रवक्ता शर्माले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

संक्रमण भित्रिएर देशभरी फैलिएको अवस्थामा त्यसको नकारात्मक परिणामले खाद्यान्नमा पर्न सक्ने सम्भावित संकटतर्फ पनि समयमै ध्यान दिन सरकारलाई आग्रह गरिएको छ । पूर्व सतर्कताका लागि जनचेतना अभिवृद्धि गर्न आमसञ्चार माध्यमहरुका समुचित प्रयोग गर्ने कार्यमा ध्यान दिन आग्रह गर्दै कांग्रेसले जोखिमको सामना गर्न कुनै पनि ढंगले कमजोरी र सम्झौता नगर्न तथा सम्पूर्ण नेपालीहरुमा संयमतापूर्वक सतर्कताका लागि अपिल समेत गरेको छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top