विमानस्थलमा भिजिटर पास वितरण बन्द, अनिवार्य मास्क लगाउन निर्देशन

१९ फागुन ७६, मंगलबार

२० फागुन, काठमाडौँ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउदैँ आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सोमबार विज्ञप्ति जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो।

विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ ।

Advertisement

चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top