प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै प्रतिनिधिसभाद्वारा विशेष प्रस्ताव पारित

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै प्रतिनिधिसभाद्वारा विशेष प्रस्ताव पारित

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।

दोस्रो पटक मृगौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो । बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस भन्ने कामना समेत गरेको छ ।

बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ । सोमबार अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यरोपण गरिँदैछ ।

ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिन लागेको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.