आजका प्रमुख खबरहरुः
१.(स्वास्थ्यलाभको शुभकामना)
प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण/कुनै समस्या नदेखिए भोलि बिहानदेखि उनलाई मुखबाट तरल खानेकुरा दिइने र सोमबारसम्म डिस्चार्ज गर्ने योजना /मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य ।
२.(टिपरको आतंक)
विराटनगर १९ मिलन चोकमा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएपछि आक्रोशित स्थानीयद्घारा दुई वटा टिपरमा आगजनी/पीडित परिवारलाई क्षतिपूर्ति,चालकलाई कारबाही र विराटचोक–घिनाघाट सडकमा टिपर चलाउन रोक्नुपर्ने स्थानीयको माग ।
३.(रिपोर्ट नेगेटिभ आओस्)
साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा कोरोनाको संक्रमण देखिएको आशंका /त्रिभूवन विमानस्थलमा कोरोना परिक्षण गर्दा शंका लागेपछि एयरपोर्ट हेल्थ डेस्कले टेकुस्थित शुक्रराज अस्पताल पठायो ।
४.(अर्थमन्त्रीको पूनारागमन)
नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुद्वारा पद तथा गोपनियताको सथप ग्रहण / युवराज खतिवडाको अर्थमन्त्रीमा पुनर्नियुक्ति /राष्ट्रपति भवन शीतल निवासमा खतिवडाद्वारा अर्थमन्त्रीको रुपमा शपथ ग्रहण ।
५.(माननीयको प्रतिबद्धता)
राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुको प्रतिवद्धता / नीति निर्माणका साथै विकासको क्षेत्रमा पनि आफने भूमिका रहने दाबी ।
६.(काजीको कथन)
जनादेश प्राप्त सरकारले जनताको चाहाना र आकांक्षा अनुसार काम गरेर देखाउनुको विकल्प नभएको राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठको भनाई /अतिक्रमित भुभाग फिर्ता, विकासका विषयमा सत्तापक्ष, विपक्ष लगायत सबैमिलेर काम गर्नुपर्नेमा जोड ।
७.(हारेकाहरुको जित)
उपाध्यक्ष बामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यका लागि मनोनित हुने सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको विश्वास /प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने विश्वास व्यक्त गर्दै अनावश्यक बहस नगर्न आग्रह ।
८.(कांग्रेसको पहल)
विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण नेपाली कांग्रेसले आन्तरिक भेला तथा सम्मेलन नगर्ने / पार्टीका भेला, सम्मेलन र सभा अर्को सूचना जारी नभएसम्मका स्थगित/संक्रमणको सतर्कताका लागि भातृ संस्था परिचालन गरिने ।
९.(कांग्रेसको कलह)
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामी चैतमा आयोजना गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने/महाधिवेशनलाई प्रभावित पार्न प्रशिक्षण गर्न लागिएकोले बहिष्कार गर्न लागिएको नेता प्रकाशमान सिंहको भनाइ ।
१०.(समृद्धिमा अनियमितता)
तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतका परियोजनामा अनियमितता भएको भन्दै संसदीय समितिद्वारा सरकारको ध्यानाकर्षण/योजना देशको आवश्यकता अनुसार बन्नुपर्नेमा पहुँचको आधारमा बनेका कारणले अनियमितता भएको सांसदहरुको भनाई ।
११.(रेकर्ड तोड सुन)
एकदिनमा २२ सयले बढेर सुनको मूल्य अहिलेसम्मको उच्च ८० हजार ५ सय पुग्यो/कोरोना भाइरसको कारण अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा परेको प्रभाव सुनमा देखिएको विश्लेषकहरुको भनाइ ।
१२.(स्क्वास प्रतियोगिता)
नेपाल स्क्वास संघको आयोजनामा पीआरसी खुला स्क्वास प्रतियोगिता हुने/२७ गतेसम्म जारी रहने प्रतियोगितामा पुरुष, महिला तथा मास्टर ४५ वर्षभन्दा माथिका गरी तीन विधामा प्रतिस्पर्धा गरिने ।
१३.(भाग्यले पनि ठग्यो)
एसीसी टी–२० इस्टर्न रिजनबाट नेपाल एक खेलअघि नै बाहिरियो /नेपालले थाइल्याण्डलाई ९ विकेटले हराएपनि सिङ्गापुरले हङकङलाई १६ रनले हराएसँगै शीर्ष दुईमा पुगेपछि नेपालको सम्भावना समाप्त ।
१४.(स्वार्थी भारत)
भारतद्वारा २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक/कोरोना भाइरसको संक्रमण फैलिएमा औषधि नपुगेर आफ्नो मुलक संकटमा पर्न सक्ने बताउदै सरकारले यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमहरुको भनाई ।
र,
१५.(कोरोनाको भय)
भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ पुग्यो/विश्वभर बुधबार दिउँसोसम्म ३२ सय बढीको मृत्यु, ९३ हजारभन्दा बढी संक्रमित/कोरोनालाई जातीयवादसंग जोड्दै लन्डनमा एक चिनियाँ मूलका नागरिकमाथि आक्रमण ।