×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

२१ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(स्वास्थ्यलाभको शुभकामना)
प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण/कुनै समस्या नदेखिए भोलि बिहानदेखि उनलाई मुखबाट तरल खानेकुरा दिइने र सोमबारसम्म डिस्चार्ज गर्ने योजना /मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य ।

Advertisement
Advertisement

२.(टिपरको आतंक)
विराटनगर १९ मिलन चोकमा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएपछि आक्रोशित स्थानीयद्घारा दुई वटा टिपरमा आगजनी/पीडित परिवारलाई क्षतिपूर्ति,चालकलाई कारबाही र विराटचोक–घिनाघाट सडकमा टिपर चलाउन रोक्नुपर्ने स्थानीयको माग ।

३.(रिपोर्ट नेगेटिभ आओस्)
साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा कोरोनाको संक्रमण देखिएको आशंका /त्रिभूवन विमानस्थलमा कोरोना परिक्षण गर्दा शंका लागेपछि एयरपोर्ट हेल्थ डेस्कले टेकुस्थित शुक्रराज अस्पताल पठायो ।

४.(अर्थमन्त्रीको पूनारागमन)
नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुद्वारा पद तथा गोपनियताको सथप ग्रहण / युवराज खतिवडाको अर्थमन्त्रीमा पुनर्नियुक्ति /राष्ट्रपति भवन शीतल निवासमा खतिवडाद्वारा अर्थमन्त्रीको रुपमा शपथ ग्रहण ।

५.(माननीयको प्रतिबद्धता)
राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुको प्रतिवद्धता / नीति निर्माणका साथै विकासको क्षेत्रमा पनि आफने भूमिका रहने दाबी ।

६.(काजीको कथन)
जनादेश प्राप्त सरकारले जनताको चाहाना र आकांक्षा अनुसार काम गरेर देखाउनुको विकल्प नभएको राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठको भनाई /अतिक्रमित भुभाग फिर्ता, विकासका विषयमा सत्तापक्ष, विपक्ष लगायत सबैमिलेर काम गर्नुपर्नेमा जोड ।

७.(हारेकाहरुको जित)
उपाध्यक्ष बामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यका लागि मनोनित हुने सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको विश्वास /प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने विश्वास व्यक्त गर्दै अनावश्यक बहस नगर्न आग्रह ।

८.(कांग्रेसको पहल)
विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण नेपाली कांग्रेसले आन्तरिक भेला तथा सम्मेलन नगर्ने / पार्टीका भेला, सम्मेलन र सभा अर्को सूचना जारी नभएसम्मका स्थगित/संक्रमणको सतर्कताका लागि भातृ संस्था परिचालन गरिने ।

९.(कांग्रेसको कलह)
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामी चैतमा आयोजना गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने/महाधिवेशनलाई प्रभावित पार्न प्रशिक्षण गर्न लागिएकोले बहिष्कार गर्न लागिएको नेता प्रकाशमान सिंहको भनाइ ।

१०.(समृद्धिमा अनियमितता)
तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतका परियोजनामा अनियमितता भएको भन्दै संसदीय समितिद्वारा सरकारको ध्यानाकर्षण/योजना देशको आवश्यकता अनुसार बन्नुपर्नेमा पहुँचको आधारमा बनेका कारणले अनियमितता भएको सांसदहरुको भनाई ।

११.(रेकर्ड तोड सुन)
एकदिनमा २२ सयले बढेर सुनको मूल्य अहिलेसम्मको उच्च ८० हजार ५ सय पुग्यो/कोरोना भाइरसको कारण अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा परेको प्रभाव सुनमा देखिएको विश्लेषकहरुको भनाइ ।

१२.(स्क्वास प्रतियोगिता)
नेपाल स्क्वास संघको आयोजनामा पीआरसी खुला स्क्वास प्रतियोगिता हुने/२७ गतेसम्म जारी रहने प्रतियोगितामा पुरुष, महिला तथा मास्टर ४५ वर्षभन्दा माथिका गरी तीन विधामा प्रतिस्पर्धा गरिने ।

१३.(भाग्यले पनि ठग्यो)
एसीसी टी–२० इस्टर्न रिजनबाट नेपाल एक खेलअघि नै बाहिरियो /नेपालले थाइल्याण्डलाई ९ विकेटले हराएपनि सिङ्गापुरले हङकङलाई १६ रनले हराएसँगै शीर्ष दुईमा पुगेपछि नेपालको सम्भावना समाप्त ।

१४.(स्वार्थी भारत)
भारतद्वारा २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक/कोरोना भाइरसको संक्रमण फैलिएमा औषधि नपुगेर आफ्नो मुलक संकटमा पर्न सक्ने बताउदै सरकारले यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमहरुको भनाई ।

Advertisement

र,
१५.(कोरोनाको भय)
भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ पुग्यो/विश्वभर बुधबार दिउँसोसम्म ३२ सय बढीको मृत्यु, ९३ हजारभन्दा बढी संक्रमित/कोरोनालाई जातीयवादसंग जोड्दै लन्डनमा एक चिनियाँ मूलका नागरिकमाथि आक्रमण ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top