मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

२१ फागुन, मकवानपुर।
मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २९ जना घाइते भएका छन् ।

जन्ती बोकेको ना३ख३५५६ नम्बरको बस मकवानपुरगढी गाउँपालिका–२ मा बुधबार साँझ दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।बकैया–११, घट्टेबाट दुलही लिएर गढी–७, कन्यातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए ।दुर्घटनामा दुलही फूलमाया लामासमेत सामान्य घाइते भएकी छन्।

मृत्यु हुनेहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेहरुको अहिले उद्दार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।उनीहरुमध्ये सामान्य घाइतेहरुको हेटौंडा अस्पताल र गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि भरतपुर पठाउने तयारी भइरहेको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.