आईसीसी टी–२० महिला विश्वकपः भारत सेमिफाइनल खेल्दै नखेली फाइनलमा

२२ फागुन, काठमाडौं । भारतीय महिला क्रिकेट टिम सेमिफाइनल खेल्दै नखेली आईसीसी टी–२० विश्वकपको फाइनलमा पुग्न सफल भएको छ ।

भारतीय महिला क्रिकेट टिम पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।  बिहीबार टी–२० विश्वकपको सेमिफाइनलमा भारतले इङ्ग्ल्याण्डसँग खेल्नुपर्ने थियो तर भारी वर्षाका कारण खेल हुन पाएन ।

सेमिफाइनलको लागि कुनै रिजर्भ डे राखिएको थिएन, जसका कारण भारतीय टिम सिधै फाइनल पुगेको हो । भारतीय महिला टिम ८ अङ्कका साथ आफ्नो समूहको शीर्ष स्थानमा थियो, इङ्ग्ल्याण्डको महिला टिम भने ६ अङ्कको साथ दोस्रो नम्बरमा थियो ।

समूह ए मा रहेको भारतीय टिम सबै खेल जित्दै शीर्ष स्थानमा पुगेको थियो ।  महिला टी–२० विश्वकपको फाइनल खेल आइतबार हुने तय भएको छ । आयोजकहरुले यस वर्षको फाइनलमा कीर्तिमानी सङ्ख्यामा दर्शक उपस्थित हुने बताएका छन् ।

फाइनलमा भारतीय महिला टिमले दक्षिण अफ्रिका र अस्ट्रेलिया महिला टिमबीचको विजेतासँग खेल्नेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top