सबै सरकारी निकाय प्रदेश सरकार मातहत हुने

७ चैत ७४, बिहीबार

विराटनगर, चैत ८
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अहिलेको अवसथामा कानुन नभएपनि प्रदेशका सबै सरकारी संरचना प्रदेश सरकार मातहत रहने बताएका छन् ।

कानुनको अभाबमा प्रदेश सरकार प्रभाबकारी रुपमा सक्रिय हुन नसकेको बेला मन्त्री कार्कीले कानुन नभएपनि प्रदेशका सरकारी संरचना परिचालन गर्न सरकारलाई समस्या नभएको बताए ।

नेपाल प्रहरी गृह मन्त्रालय मातहत रहने भएपनि प्रदेश प्रहरीको संरचना नबन्दा प्रदेश सरकारको समन्वयमा परिचालन हुने मन्त्री कार्कीले दावी गरेका छन् । प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय मातहत रहेपनि छिट्टै प्रदेश मातहत आउनेगरी संघीय सरकारले निर्णय गर्ने उनले बताए ।

Advertisement

उनले प्रदेश सरकारको मातहत रहने प्रदेश प्रहरीको संरचना नबनेसम्म नेपाल प्रहरीसँगको समन्वयमा प्रदेश सरकारले प्रदेशको शान्ति सुरक्षासँग सम्बन्धित काम गर्ने मन्त्री कार्कीले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यसअघि प्रदेश सरकारले तय गरेको सय दिने कार्यक्रम अनुसारको आफ्नो कार्ययोजना सार्वजनिक गर्न बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले कानुन अभाबको कारण उत्पन्न जटिलता संघीय सरकारले फुकाईदिने पनि बताए ।

प्रदेश सरकारले आफ्नो कानुन निर्माणको कामलाई तीब्रता दिएको जानकारी दिँदै मन्त्री कार्कीले प्रदेशका कतिपय संरचना संघीय कानुन बनेपछि मात्र बन्ने भएकोले त्यस्ता कानुन बनाउन संघीय सरकारले पनि प्राथमिकता दिने बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top