२३ फागुन, विराटनगर । रातको समयमा मादक पर्दाथ सवने गरी होहल्ला तथा अशान्ति गर्ने १ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
विहीबार २ बजे राती विराटनगर महानगरपालिका ४ स्थित ढाँट नजिक कोशी राजमार्ग खण्डमा बुढिगंगा गाउँपालिका ३ बस्ने को ३७ प ३५५६ नं. को मोटरसाईकल चालक बर्ष २९ का सुनिल माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
मापसे गरी स्थानिय मानिस तथा अन्य सवारी चालकहरूलाई अवरोध तथा होहल्ला गरी अशान्ति मच्चाएकोले माझीलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।