चेकिङमा बसेका प्रहरीमाथि छुरा हान्न खोज्नेलाई गोली प्रहार गरी पक्राउ

२४ फागुन ७६, आइतबार

२५ फागुन, नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ कोल्हुवामा प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

शनिबार राति ११ बजे मापसे चेकिङ गरिरहेका प्रहरीमाथि छुरा हान्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको हो ।

कोल्हुवा क्षेत्रमा एउटै मोटरसाइकलमा तीन जना व्यक्ति मापसे गरेर आएका थिए।रोक्न खोज्दा नमानेपछि प्रहरीले मोटरसाइकल लडाएको

Advertisement

जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी दीपक रेग्मीले जानकारी दिए। गोलीले प्रेम महतोको खुट्टामा चोट लागेको छ भने उनको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्यस्तै अर्का मुन्ना महतो र सुरज महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top