×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

२५ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(महिला दिवसको शुभकामना)
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइयो /अशिक्षा, राज्यको उदासिनता र पितृसत्तात्मक सोचका कारण राज्यका निकायमा महिलाको समान सहभागिता हुन नसकेको महिला अधिकारकर्मीहरुको भनाई ।

Advertisement
Advertisement

२.(महिला सवलीकरण कहिले ?)
आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको भनाई /अझैपनि निर्णय गर्ने ठाउँमा महिलाहरु पुग्न नसक्नुले राजनीतिक लडाई अझै लड्न नसकिएको पुष्पा भुसालको दाबी ।

३.(कहिले रोकिन्छ एसिड ?)
कपिलवस्तुको महाराजगञ्जमा ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि एसिड प्रहार / क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले एसिड प्रहार गर्दा घाइते भएकी गुप्ताको उपचार हुदै

४.(नाकाबन्दीको झल्को)
विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त /२०, ३० जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने भन्दै स्वास्थ्य सेवा विभागद्वारा चिन्ता व्यक्त ।

५.(सुधारिदो स्वास्थ्य)
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार /प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणको पाँचौ दिन आइतबार नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल गराउन थालिएको शिक्षण अस्पतालको भनाई ।

६.(बोले गोकुल)
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरी कुनै निर्णय नभएको पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको दाबी/सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरूपमा अडियो सार्वजनिक गरिएको आरोप ।

७.(नेपालीलाई कोरोना)
नेपालबाट सिंगापुर ट्रान्जिट हुँदै गत फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेका एक नेपाली युवालाई कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि / संगै गएका तीन साथीलाई समेत दुई साताका लागि क्वारेन्टाइनमा राखियो ।

८.(उदार ब्यवसायी)
कोरोना भाइरस (कोभड १९) नियन्त्रणका लागि नेपाल चेम्बर अफ कमर्सद्वारा सरकारलाई विभिन्न सामाग्रीहरु हस्तान्तरण/कोरोनाको सम्भावित प्रकोप नियन्त्रण तथा उपचारका लागि सामाग्रीले सघाउ पु¥याउने विश्वास ।

९.(मेलम्चीको आशा)
काठमाडौँको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नर्पुयाएको दाबी/आयोजनामा कार्यरत दुई तीन जना मात्रै चीन गएकाले उनीहरु नहुँदा पनि आयोजनामा असर नपर्ने ।
१०.(विवादमा भण्डारी राजमार्ग)
झापाको बाहुनडाँगीदेखि डँडेलधुरा जोड्ने प्रस्तावित मदन भण्डारी राजमार्गको पूर्वी खण्ड रेखाङ्कनमा विवाद /साविक रेखाङ्कनले धेरै घरमा क्षति हुने भन्दै विकल्प खोज्न स्थानीयको मागपछि ठेक्का आह्वान प्रक्रिया रोकियो ।

११.(लुक्दैन अपराध)
१२ वर्ष अगाडि पत्रकार वीरेन्द्र शाहका हत्यामा संलग्न रहेका मुख्य आरोपी कुन्दन फौजदारलाई बारा प्रहरीद्वारा पक्राउ /नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा चार राउण्ड हवाई फायर /हत्यामा संलग्न अन्य दुई जना अझै फरार ।

१२.(साइबर अपराध)
अनलाइनमार्फत खानेकुराको कारोबार गर्दै आएको फुडमान्डुका सेवाग्राहीहरुको तथ्यांक चोरियो / कम्पनीको वेबसाइट ह्याक हुँदा ५० हजारभन्दा बढी सेवाग्राहीको विवरण चोरी । कम्पनीद्धारा सेवाग्राहीसँग माफी ।

१३.(नक्कली नागरिकता)
नक्कली नेपाली नागरिकता बनाउने वीरगन्ज महानगरपालिका १६ भिस्वाका पूर्वगाविस सचिव पक्राउ /छापा मार्दा साहको घरबाट ४ दर्जन बढी नागरिकता र साहकै ३ वटा नागरिकता बरामद ।

१४.(च्याम्पियन अष्ट्रेलिया)
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई /आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलो पटक फाइनल खेलमा अस्ट्रेलियाद्वारा भारत ८५ रनले पराजित ।

Advertisement

र,
१५.(क्वारेन्टाइनमा करोड)
विश्वभर कोभिड–१९ को संक्रमणका कारण १ लाख बढी मानिस संक्रमित/ ३४ सय भन्दा बढीको मृत्यु/इटालीमा करिब डेढ करोडलाई क्वारेन्टाइनमा राखियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top