कोरोना भाइरस:अन्तर्राष्ट्रिय विमानस्थल किन बन्द गर्दैन सरकार ?

२६ फागुन, काठमाडौं । कोरोना भाइरस विश्वभर फैलिएपछि नेपालमा पनि ठूलो त्रास फैलिएको छ । सरकारले कोरोना फैलने त्रासले नेपालभित्र अत्यावश्यक अवस्थामा मात्र घरबाट बाहिर निष्कशन, धेरै मासिन जमघट हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको छ ।

कोरोना फैलिएको देशबाट नेपाल आउने विमानलाई नेपाल सरकारले किन रोक्दैन ? किन अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दैन ? अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दा वा विदेशीहरु प्रवेश गर्ने नाका बन्द गर्दा के नेपाली भोकै मर्छन् ? सरकारको प्राथमिकता कोरोना महामारी रोक्ने हो कि अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्छ, विश्व सम्बन्धमा खलल पर्छ भनेर विमानस्थल चालु राख्ने ? किन सरकारले महामारीलाई प्रवेशको लागि ढोका खुला राखेको छ ? सर्वसार्धारणले प्रश्न गरिरहेका छन् ।

तर सरकार महामारीको ढोका बन्द गर्न तयार छैन । ‘नेपाल कोरोनामुक्त देश हो । विदेशीलाई नेपाल ल्याएर सुरक्षित बाँच्न दिनुपर्छ’ भन्ने पर्यटन मन्त्री योगेश भट्टराईको विचारपथमा सरकार हिडिरहेको आभास सर्वसाधारणलाई भईरहेको छ ।

सर्वोच्च अदालतले समेत अन्तर्राष्ट्रिय उडान बन्द गर्न नेपाल सरकारलाई आदेश दिएको छ । तर अदालतको आदेश समेत सरकारले मानिरहेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.