२७ फागुन, काठमाडौं । सुनको भाउले मङ्गलबार फेरि नयाँ कीर्तिमान बनाएको छ ।
मङ्गलबार प्रति तोला दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ८२ हजार सात सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।

