कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि उच्चस्तरिय बैठक

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि उच्चस्तरिय बैठक

२७ फागुन, काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्च स्तरिय समितिले मंगलबार सरोकारवालासँग छलफल गरेको छ ।

नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएपनि अत्यवश्यक वस्तुहरुको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न विभिन्न मन्त्रालय र सरोकारवालासँग छलफल गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा अर्थमन्त्री युजराज खतिवडा, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिय उड्डयनमन्त्री योगेश भट्टराईले लगायतको सहभागिता रहेको थियो ।

उच्चस्तरिय समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षमा बसिरहेको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल परिसंघका पदाधिकारीहरु समेत सहभागि थिए ।

बैठकमा औषधि एवं अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्ति व्यवस्थापनका विषयमा छलफल भएको छ । छलफलमा औषधि व्यवसायीहरुको पनि सहभागिता रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.