प्रधानमन्त्रीको अस्पताल बसाई लम्बिने, तत्काल डिचार्ज नहुने

२७ फागुन, काठमाडौँ ।
दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई तत्काल डिस्चार्ज गर्न नसकिने चिकित्सकहरुले बताएका छन् । गत बुधबार मृगौला प्रत्यरोपण गराउनु भएका ओलीको स्वास्थ्य सूचकांकहरु समान्य भएपनि तत्काल डिस्चार्ज गर्ने मिति तोक्न नसकिने चिकित्सकहरुले बताएका हुन् ।

प्रधानन्त्रीका नीजि चिकित्सक डा. दिव्या सिंह शाहले अपेक्षाकृत सुधारका लक्षण देखिएको भनिएपनि डाक्टरहरुलाई डिस्चार्ज गर्नुपर्छ भन्ने एकिन नहुँदासम्म डिस्चार्ज गर्न नसकिने बताइन् । ‘अहिलेको अवस्था हेर्दा चाँडै डिस्चार्ज गर्न सक्छौँ । भोली नै पर्सी नै भनेर मिति तोक्न सकिँदैन तर छिटो भन्दा छिटो डिस्चार्ज गरेर पठाउँछौँ’, उनले भनिन् ।

डा. शाहले अहिले नै डिस्चार्ज गर्दा हुने भएपनि घरमा समेत अस्पतालको जस्तै व्यवस्थापन गर्नुपर्ने भएकाले केही समय लाग्ने बताइन् । परिवारले समेत घरमा व्यवस्थापन गर्नुपर्ने भएकाले केही दिन अस्पतालमा राख्न आग्रह गरेको उनले बताइन् । प्रधानमन्त्री ओलीले एक महिना सावधानी अपनाउनुपर्ने डा शाहले बताइन् ।

Advertisement

औषधिको डोज बढी भएका कारण संक्रमणको खतरा रहेपनि पहिले पनि प्रत्यारोपण गरेको र परिवारलाई समेत त्यस सम्बन्धि ज्ञान भएकाले संकट नआउने उनले बताइन् । ‘सुरुमा अलिकति सावधानी अपनाउनुपर्छ पहिलो १ महिना खासगरी । औषधिको डोज बढी भएकाले संक्रमणहरुको सम्भावना रहन्छ । तर उहाँले पहिले पनि प्रत्यरोपण गरेको र परिवारलाई पनि यस सम्बन्धि ज्ञान भएकाले यसमा त्यती संकट नआउला त्यही पनिउहाँले पुरै पब्लिक भएर भिडभाडमा जान हामी सल्लाह दिँदैनौँ । आफ्नो दैनिक काम सचिवालयबाट गर्न सक्नुहुन्छ ।’

डा. शाहले रुघाखोकी र अरु संक्रमण भएका व्यक्तिहरुबाट जोगिनुपर्ने बताइन् । सामान्य मान्छेहरु जस्तै सक्रिय हुन ६ महिना देखी वर्षदिनको समय लाग्ने उनले बताइन ।
मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा सार्वजनिक सञ्चारमाध्यमहरुमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको अगुवाईमा प्रत्यारोपणमा संलग्न चिकित्सकहरुसँग पत्रकारहरुको अन्तरक्रिया गराइएको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top