×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले दरबार ह*त्याकाण्डको पर्दाफास गर्ला ? || Nepal Times
Apr 02, 2026
Playing
एमाले दलका नेताले रास्वपादेखि जेनजी विद्रोहसम्मलाई ब्यङ्ग हाने || Nepal Times
Apr 02, 2026
Playing
एमाले मा बादल लाग्योःशंकरको पुत्ला जल्यो,विशेष महाधिवेशनको माग|| Nepal Times
Apr 02, 2026
Playing
ओली–लेखकको म्याद थप गरिँदै, बयान पनि लिइने || Nepal Times
Apr 02, 2026
Playing
संसद्मा रविको गर्जनः२४ सै घण्टा निगरानी गर्नुहोला ? हामीमा अहंकार नबढोस् || RABI LAMICHHANE
Apr 02, 2026
Playing
Top 15 Afternoon News || April-02-2026 || Nepal Times
Apr 02, 2026
Playing
अब मालपोत र नापीमा बिचौलिया निषेध, समस्या सिधै गृहमन्त्रीले सम्बोधन गर्ने || Nepal Times
Apr 02, 2026
Playing
आज संसद्मामा को को बोल्दै छन् ? || Nepal Times
Apr 02, 2026
Playing
५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा || Nepal Times
Apr 02, 2026
Playing
सिंहदरबारबाट आजदेखि संसदीय नयाँ यात्रा|| Nepal Times
Apr 02, 2026

कुलमान घिसिङको आयोजना दौडाहा सुरु

२७ फाल्गुन २०७६

२७ फागुन, काठमाडौँ । 

जलविद्युत् र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गरेका छन् । गत शनिबार त्रिशूली करिडोरका आयोजनाको अवस्था हेरेर समस्या समाधानको पहल लिएका घिसिङले अघिल्लो साता माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गति र मतिको बारेमा जानकारी लिएका छन् ।

Advertisement

सोमबार घिसिङ फागुपूर्णिमाको बिदाको दिन अर्को महत्वपूर्ण आयोजनाको स्थलगत निरीक्षणका लागि कालीगण्डकी करिडोर पुगे ।सो करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड आगामी वैशाखभित्रमा सञ्चालनमा आउने तयारी भइरहेको सन्दर्भमा उहाँ आयोजनास्थल पुगेका हुन् । कूल ३९ किलोमिटर दाना–कुश्मा २२० केभी प्रसारण लाइन तथा दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सवस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रसारण लाइन र सवस्टेसन आगामी वैशाखभित्र चार्ज गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दाना–कुश्मा खण्डमा पर्ने १० टावरमध्ये दुई मात्रै खडा गर्न बाँकी छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयवासीको अवरोधले दुई टावर खडा गर्न रोकिएको काम सहमति जुटेपछि धमाधम भइरहेको प्राधिकरणले जनाएको छ । पोखरीबगर र कुुश्मा नगरपालिकाको पाँगामा गरी करिब दुई किलोमिटर मात्रै तार टाँग्न बाँकी छ । दुवै सवस्टेसनमा उपकरण जडान भइसकेका छन् ।

सोही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको विद्युत् दाना सवस्टेसनमा जोडिने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालसहितको टोलीले सोमबार प्रसारण लाइन, सवस्टेसन र जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको प्राधिकरणले जनाएको छ ।

टोलीले प्रसारण लाइन निर्माणमा पोखरीबगर र कुश्मामा हुनसक्ने सम्भावित अवरोध हटाउन आवश्यक व्यवस्था गरिदिन म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारीलाई अनुरोधसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय महत्वको आयोजनाको टावर रहने जग्गाको मुआब्जा, लाइनको दायाँबायाँको क्षतिपूर्ति निर्धारण र निर्माण सम्पन्न गर्न आवश्यक परेमा सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

टोलीले निर्माणमा खटिएका आयोजना व्यवस्थापन र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग छलफल गरी निर्माणमा देखिएका समस्याका बारेमा छलफल गरेको छ । यस्तै, सवस्टेसन तथा लाइन चार्ज गर्ने मितिलगायतका विषयमा छलफल गरी वैशाखभित्रमा काम सक्न निर्देशन दिएको हो । ‘प्रसारण लाइन र सवस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने मिस्त्री खोलाको विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, त्यस्तो अवस्था आउन नदिन सबै पक्ष गम्भीर र जिम्मेवार भएर बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छौँ’, घिसिङले भने ।

जतिसक्दो काम छिटो सम्पन्न गर्नुपर्ने र विद्युत् खेर फालेर हर्जना तिर्नुपर्ने अवस्था आएमा यसको मूल्य ठेकेदार कम्पनीले तिर्नुपर्ने घिसिङको भनाइ छ । ‘केही ठाउँमा निर्माणमा भइरहेको अवरोध हटाएर काम गर्न साइट उपलब्ध उराउँछौं, ठेकेदार कम्पनी निर्माणमा गम्भीर भएर लाग्नुपर्छ’, घिसिङले भने । ठेकेदार कम्पनीले वैशाखभित्रमा लाइन तथा सवस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ ।

मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा केही उपकरणको जडान, संरचना र उपकरणको ड्राइ तथा वेट टेष्ट बाँकी नै रहेकाले अझै विद्युत् उत्पादन गर्न कम्तीमा पनि दुई महिना लाग्ने छ । उनले उक्तः समयसम्म प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आइसक्ने बताए । अब प्रसारण लाइन पूर्वाधार तयार भइसकेकाले त्यहाँ विद्युत् जडान गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनाहरुले पनि निर्माण तत्काल शुरु गर्नुपर्नेछ ।

Advertisement

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सवस्टेसन) सम्मको प्रसारण लाइनको निर्माण जारी छ ।– रमेश लम्साल/रासस

भर्खरको समाचार

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

सम्बन्धित खबरहरु

Scroll to Top