×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

व्यवसायी भन्छन् – कोरोनाका कारण उपभोग्य वस्तुको अभाव हुँदैन

२७ फाल्गुन २०७६

२७ फागुन, काठमाडौँ ।
कोरोना भाइरसका कारण दैनिक उपभोग्य वस्तुको अभाव हुने हल्लाकाबीच विभिन्न क्षेत्रका व्यवसायीहरुले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको अगुवाईमा भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले उपभोग्य वस्तुहरु पर्याप्त मात्रामा भण्डारण रहेको र आयात भइरहेकाले नआत्तिन आग्रह गरेका हुन् । मंगलबार नेपाल खुद्रा व्यापार संघ, साल्ट ट्रेडिङ, एलपी ग्यास उद्योग संघ, औषधि उत्पादक संघ र नेपाल आयल निगमका पदाधिकारीहरुले नेपालमा कुनै पनि वस्तुको अभाव नरहेको बताएका हुन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बर्जाचार्यले उपभोक्ताहरु आत्तिएर ५, ६ बोरा चामल, ४, ५ लिटर तेल तर २० प्याकेटसम्म नुन किनेको पाइएको बताए। कुनैपनि वस्तुको मूल्य नबढेको र खाद्यन्न अभाव पनि नभएको उनीहरुले बताए ।

Advertisement
Advertisement

नेपाल चेम्बर अफ कमर्सका आपूर्ति व्यवस्थापन समिति सभापति देवेन्द्रभक्त श्रेष्ठले थोक व्यापार संघले २ महिनाका लागि खाद्यन्न पर्याप्त रहेकाले कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको बताए ।

साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १ लाख ५५ हजार मेट्रिक टनभन्दा बढी नुन साल्ट ट्रेडिङसँग रहेको बताइन् । गतवर्षको खपत भएको आँकडा भण्डारण रहेको मात्रा हेर्दा अझै ११ महिनासम्म पुग्ने नुन रहेकाले निर्धक्क भएर बस्न आग्रह गरिन् । चिनिपनि पर्याप्त मात्रामा रहेको भएपनि बजारमा आउन नसकेको उनले बताइन् ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले विगतमा आयात भइरहेको मात्रामै ग्यास आइरहेको बताए । प्रत्येक दिन नेपालभरी १ लाख सिलिण्डर खपत हुने गरेकोमा अहिलेपनि त्यही अनुपातमा आयात भइरहेको उनले बताए । महिलामा १ सिलिण्डर खपत गर्ने उपभोक्ताले ३, ४ सिलिण्डर लिने गरेका कारण डिपोहरुमा लाइन देखिएको उनले बताए ।

औषधि उत्पादक संघका पूर्व अध्यक्ष शंकर घिमिरेले औषधि कच्चा पदार्थ तीन महिनाका लागि र उत्पादन भएको औषधि तीन महिनाका लागि स्टक रहेको बताए । बजारमा ब्लड प्रेसर, सुगर र मधुमेहका रोगीहरुले बढी मात्रामा औषधि लिनेगरेपनि आपूर्तिमा कमि नहुने उनले बताए ।
नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल, डिजल पाइदैन भनेर घरमा होल्ड गरेर नराख्न आग्रह गरे । घरमा होल्ड गरेर राख्दा अर्को ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले त्यसतर्फ सचेत हुन उनले आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले सरकारले निगरानी र नियन्त्रणलाई महत्वपूर्ण रुपमा लिएको बताए । तेस्रो मुलुकबाट आउने नागरिकलाई निगरानी गर्ने र संक्रमणको आशंका भएकाहरुलाई नियन्त्रणमा लिएर अस्पताल लैजाने गरिएको उनले बताए । उनले सचेतना र सजगता अभिवृद्धिका लागि गाउँस्तरसम्म समिति गठन गरेर काम भइरहेको बताए।

Advertisement

आजै नेपाल सरकारले विभिन्न सरोकारवालाहरुसँग कोरोना भाइरसले जनजीवनमा पार्न सक्ने स्वास्थ्य, सामाजिक, आर्थिक, व्यााकिर र व्यवसायीक विषयमा छलफल गरेको छ । बैठकले सबै राजनीतिक दलहरुसँग समेत छलफल गरेर एकीकृत रुपमा अगाडी बढ्ने निर्णय पनि गरिसकेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top