दलित भन्दै डेरा छाड्‍न दबाब दिने दम्पती प्रहरी नियन्त्रणमा

२७ फागुन ७६, बुधबार

२८ फागुन, काठमाडौँ ।
दलित भन्दै डेरा छाड्‍न दबाब दिने बिडारी दम्पती पक्राउ परेका छन् । दलित भएको थाहा पाएपछि डेरा छाड्‍न निरन्तर दबाब दिने श्रीकृष्ण बिडारी र उनकी श्रीमती राधिका बिडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

महानगरीय प्रहरी वृत्त बालाजुले राधिकालाई सोमबार पक्राउ गरेको थियो। श्रीकृष्णलाई भने मंगलबार बेलुका वृत्तमा आएका बेला नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेका उनीहरुविरुद्ध छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए।

काठमाडौंको नेपालटारमा घर भएका बिडारी दम्पतीले आफ्नो घरमा बस्ने चार जना विद्यार्थीलाई बिडारी डेरा छाड्‍न दबाब दिएका थिए। गृह मन्त्रालयका शाखा अधिकृत रहेका श्रीकृष्ण बिडारी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top