नहरमा डुबेर भारतीय युवतीको मृत्यु

नहरमा डुबेर भारतीय युवतीको मृत्यु

२८ फागुन, सुनसरी ।

सुनसरीको बराहक्षेत्र–१ मामा घर बस्दै आएकी १६ बर्षीय काजल साह मृत अवस्थामा फेला परेकी छिन् ।

भारत मोतिहारी जिल्ला घर भई हाल मामा सन्तोष शाहको घरमा बस्दै आएकी काजलको मंगलबार दिउँसो २ः३० बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

काजल सोहि दिन बिहान पौने ११ बजे चतरा नहरमा हाम्फाल्न गएको भन्दै स्थानियले प्रहरीलाई खवर गरेका थिए । खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट समेतको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा दिउँसो साढे २ बजे चतरा नहरमा काजलको शव फेला परेको हो ।

घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.