पूर्वडीआईजी खरेलद्वारा हाम्रो नेपाल सुशासन अभियान’ को घोषणा

पूर्वडीआईजी खरेलद्वारा हाम्रो नेपाल सुशासन अभियान’ को घोषणा

२९ फागुन, काठमाडौँ । पूर्व डीआईजी रमेश खरेलले ’हाम्रो नेपाल सुशासन अभियान’को आज विहिबार घोषणा गरेका छन् । अभियान सञ्‍चालनका लागि खरेलको संयोजकत्वमा केन्द्रीय तर्दथ कार्यकारी परिषद् पनि गठन गरिएको छ ।

कार्यकारी परिषद्‍मा पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन् । भियान सञ्‍चालनका लागि विभिन्‍न कार्यक्रमहरुको पनि घोषणा भएको छ ।

यसका लागि भ्रष्टचार अन्त्यका लागि देशव्यापी रुपमा नागरिक खबरदारी कार्यक्रम गर्ने, सुशानको लागि दबाबमूलक नागरिक कार्यक्रम गर्ने, निर्वाचन प्रणालीमा व्यापक सुधार गरी सदाचार र इमानदारिताको कदर गर्न दबाबमूलक कार्यक्रमहरु गर्ने, नेपाल र नेपालीको हितमा नदेखिएका संवैधानिक प्रावधान र व्यवस्थापनमा सुधार तथा संशोधनका लागि केन्द्रित भई छलफल गरी साझा धारणा बनाउने रहेको छ ।

अभियानले प्रभाव र प्रलोभनमा गर्ने/गराइने धर्म परिवर्तनमा रोक,राजनीतिक अपराधीकरणको अन्त्य गर्ने लगायतका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.