२९ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मृगौला प्रत्यारोपण गरिएको ९ औं दिनपनि ओलीको नियमित स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुक रहेको बताए । प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको उनले बताए । गत हप्ताको बिहीबार मृगौलाको प्रत्यारोपण गराउनुभएको ओलीले नियमित आहार लिइरहेका छन् ।
ओलीलाई मृगौला दिने समीक्षा संग्रौलालाई डिस्चार्ज गरिएपनि उहाँलाई कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन । प्रधानमन्त्री ओलीलाई अहिलेसम्म २ जनाबाहेक अरुलाई भेट्न समेत दिइएको छैन । मृगौला दिने संग्रौला र प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य बाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।