मध्य र पश्चिमका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी

३० फागुन, काठमाडौं । अहिले मध्य र पश्चिमका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी परिरहेको छ ।

पश्चिमी वायुको असरले देशभरिकै मौसम बिहानैदेखि बदली भइ मध्य र पश्चिमका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

उनका अनुसार केही ठाउँमा असिना र उच्च हिमाली भेगमा हिउँ पनि परेको छ । यो प्रणाली पूर्व सरिरहेकाले बेलुकीसम्ममा पूर्वमा पनि चट्याङ, हावाहुरी र असिना पानी पर्ने उनको अनुमान छ ।

शुक्रबार दिनभरि नै पानी पर्दै रोकिने मौसमविद् मानन्धरले जानकारी दिएका छन् ।

Scroll to Top